मोरङको बेलबारीमा –९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको कुखुरा फर्ममा आज बिहान आगलागी हुँदा चल्ला जलेर नष्ट भएका छन् ।
दिउसो अचानक फर्ममा लगाएको लाइन सर्ट भएर आगलागी हुँदा ९ सय चल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फर्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरीले जनाएको छ।
फुसको छानो भएको फर्ममा ८ सय वटा ब्रोइलर र १ सय वटा लोकल कुखुराका चल्ला रहेका थिए । आगलागीबाट ६ लाख रुपैयाँ बढीको क्षति भएको र आगो एक घण्टापछि मात्रै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।















Discussion about this post