विराटनगरको छुट्टा छुट्टै स्थानबाट लागु औषध गाँजा र खैरो हिरोइनसहित ७ जना पक्राउ परेका छन्। विराटनगर स्थित दिल्ली पब्लिक स्कुल छेउबाट गाँजा बेच्दै गरेको अवस्थामा ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा विराटनगर–५ विशाल चोकका रुपेश साह, सुमित साह, विनेश खवास र सागर राय छन्।
पक्राउ परेका व्यक्तिहरूको साथबाट ४ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यसैगरि विराटनगर १६,१७ बाट लद्दिफुल मिया भारत अररियाका सुरेशकुमार राय र मो आशिक मिया पक्राउ परेका छन्। उनको साथबाट १३ र ५ गा्रम खैरो हिरोइन बरामद भएको छ।
पक्राउ परेकाहरूका विषयमा कानुनी कार्बाहि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिएका छन् ।














Discussion about this post