बाबु पनि कस्तो नरपिशाच उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बताए अनुसार त्रियुगा नगरपालिका–११ का बाबुले केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान कार्य सुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । पिडीत बालिकाको भने स्वास्थ्य जाँच गरिएको प्रहरीले बताएको छ ।














Discussion about this post