मेची राजमार्गअन्तर्गत झापाको भद्रपुर चाराआली सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ बस्ने १८ वर्षीया अन्सु शिवाकोटी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । उनका अनुसार त्यस सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१ख २५१५ नम्बरको टिपरले पैदलयात्री शिवाकोटीलाई ठक्कर दिएको थियो।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो। साथै उनीसँग हिँडेका अर्का पैदलयात्री १८ वर्षीय राहुल बस्नेत घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको छ।
घाइते दुवैलाई उपचार लागि बिएण्डसी हस्पिटल बिर्तामोड लगिएकोमा शिवाकोटीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर तथा भद्रपुर ९ बस्ने ३२ वर्षीय चालक सुमन ओझालाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।














Discussion about this post