Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

किन बढाउने सक्रिय सदस्य ?

लेख

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०७८
in विचार
0
किन बढाउने सक्रिय सदस्य ?

कृष्ण अधिकारी

259
SHARES
Share on FacebookShare on Twitter

मानि लिउँ राजनैतिक पार्टी यात्रु बोक्ने एउटा बस हो । नेताहरु ड्राइभर हुन, कार्यकर्ता बसका अवयवहरु हुन् । जनता यात्री हुन् । जनता भनेका देशका पर्याय हुन् ।

ड्राइभरसँग सीप र ब्रेन हुनुपर्छ । नेतृत्वमा इमान र निष्ठा भयो भने कार्यकर्ता इमान्दार हुन्छन् । नेता र कार्यकर्ता इमान्दार निष्ठावान भए भने सिँगै पार्टी राष्ट्रवादी हुन्छ र जनताको माया पाउछ । त्यस्तो पार्टीले सरकार चलाउदा राष्ट्र अपेक्षित गन्तव्यमा पुग्छ र राष्ट्रको सम्बृद्धि हुन्छ ।

प्रसङ्ग काँग्रेसको लिउँ । सात सालमा क्रान्ति गरेको पार्टी, पन्ध्र सालमा दुईतिहाई मात्र होइन प्रचण्ड बहुमत पाएको पार्टी । छयालीस सालमा आन्दोलन सफल बनाएर स्पष्ट बहुमत पाएको पार्टी, वीपी, सुवर्ण सम्सेर, गणेशमात्र र किसुनजीले जोगाएर ल्याएको पार्टी, गत आमनिर्वाचनमा तल खस्यो । थर्ड डिभिजन प्राप्त ग¥यो ।

यतिखेर त्यो पार्टी सक्रिय सदस्य वितरणको किचलोमा फसेको छ । केन्द्रदेखि गाउँ वडासम्म किचलो फैलिएको छ । यो किचलोको खास अर्थ र उद्देश्य पनि छ । वडा, गाउँ नगर जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व छनौटमा सक्रिय सदस्यको भूमिका हुन्छ । पार्टीभित्र गुट त छदैछ ।

दुवै गुटलाई पार्टीको नेतृत्व लिनुछ । आफूले नेतृत्व लिनका लागि प्रतिष्पर्धीलाई पछार्नु परो । त्यस कामका लागि आफ्नो गोजीका सक्रिय सदस्य चाहियो ।

गोजीका सक्रिय सदस्यका लागि आफूले भनेको मान्ने मान्छे चाहियो । निष्ठाको राजनीति गरेको मान्छेले त आफ्नो विवेक प्रयोग गर्छ, गलत र सही कुरा छुट्याउँछ तर त्यस्तो कार्यकर्तालाई गुटहरुले मनपराउँदैनन् । बरु आफ्नो व्यवसायमा काम गर्ने मजदुर वा खानपिनमा बिक्री हुने अरु नै पार्टीका मान्छेलाई सक्रिय सदस्य बनायो । त्यस्ता मान्छेसँग पार्टी प्रतिको ज्ञान हुँदैन, पार्टीको त्याग र योगदानको जानकारी हुँदैन र महत्व पनि हुदैन ।

  • कार्यकर्ताहरु तिनै गुटमा विभाजित भएर सक्रिय सदस्यले भर्ने फाराम खोसाखोस गरिरहेका छन् र ग्रैह्र काँग्रेसलाई सक्रिय सदस्य बनाएर भएपनि गुटको पक्षपोषण गर्ने सपना देखिरहेका छन् ।

के मात्र हुन्छ भने उसले त्यही मान्छे मात्र चिन्दछ जसले आफैँ शुल्क तिरेर उसलाई सक्रिय सदस्य दिलाएको हुन्छ । उसले त्यसलाई मात्र चिन्दछ जसले मासु र रक्सी खाने प्रबन्ध मिलाई दिन्छ र २/४ हजार रुपैया हातमा पनि हालिदिन्छ । पार्टीको आन्तरिक निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुको काम सकिन्छ । त्यसपछि उनीहरु आ–आफ्नो स्थानमा फिर्छन् आफ्नो पार्टीमा लाग्छन् । बरु के हुन सक्छ भने अलिक टाठाबाठाहरु काँग्रेससँग घुलमिल हुन्छन्, गोपनीयता लिन्छन् र आफ्नो हेडक्वाटरमा बुझाउछन् ।

यसै प्रयोजनका लागि अहिले नेपाली काँग्रेसभित्र सक्रिय सदस्यले भर्ने फारामको खोसाखोस छ, चोराचोर छ र घोचाघोच छ । के यो पार्टीको संगठन हो ? देशको चिन्ता र चिन्तन हो ? जन चाहना हो ? कदापि हैन । यस्तो काम पदलोलुप र गुटान्धहरुले मात्र गर्छन् । तर, सत्य के हो भने तिनीहरु जे गरिरहेका छन् त्यस कर्मले तिनीहरुका सन्ततीको भविष्य पनि खराव गर्छ । किन भने गलत राजनीतिले सिङ्गै मुलुकको भविष्य खराब गर्छ ।

१७ सालमा काँग्रेसको गुटभित्र राजा महेन्द्र छिरे र निर्वाचित सरकार अपदस्त भयो । मातृकाप्रसाद कोइराला र डा. तुलसी गिरी त्यसका उदाहरणहरु हुन् । ०४७ को आमनिर्वाचनले काँग्रेसलाई स्पष्ट बहुमत दिएको थियो । तर, गुटबन्दीकै कारण गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरे, त्यसपछि भएको निर्वाचनमा काँग्रेस राम्रैसँग पछारियो । त्यहीबाट सुरु भएको नेपाली काँग्रेसको राजनैतिक अवनति अहिले पनि जारी छ ।

राष्ट्रिय राजनीति होइन नेताहरु गुट चलाई रहेका छन् । कार्यकर्ताहरु तिनै गुटमा विभाजित भएर सक्रिय सदस्यले भर्ने फाराम खोसाखोस गरिरहेका छन् र ग्रैह्र काँग्रेसलाई सक्रिय सदस्य बनाएर भएपनि गुटको पक्षपोषण गर्ने सपना देखिरहेका छन् ।

के हो सक्रिय सदस्य ? नामैले थाहा हुन्छ उ मतदाता मात्र हैन, चौवन्नी सदस्य मात्र पनि होइन । उ पार्टीको बफादार र अविछिन्न कार्यरत क्रियाशील सदस्य हो । उसले पार्टीप्रति त्याग र तपस्या गरेको हुनुपर्छ ।

पार्टीको दर्शन र सिद्धान्त बुझेर त्यसप्रति निष्ठावान भएको हुनुपर्छ । आफू मात्र भएर पुग्दैन आम मान्छेलाई आफ्नो पार्टीको दर्शन र सिद्धान्त बुझाउन सकेको हुनुपर्छ । यो दर्शनबाट मुलुकले कसरी फड्को मार्न सक्छ ? भन्ने आधार र प्रमाण बुझेको हुनुपर्छ । अनि पो ठहर्छ सक्रिय सदस्य । पार्टी कब्जा गर्ने उद्देश्यले बृद्धि गरेका सक्रिय सदस्यबाट कसरी हुन्छ पार्टीको संगठन ?

(अधिकारी नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष हुन् ।)

Tags: #कांग्रेस#नेपाली कांग्रेस#विचार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा खेल पर्यटन
खेलकुद

कोशी प्रदेशमा खेल पर्यटन

by अर्जुन उप्रेती
अशोज २४, २०८३
0

कोशी प्रदेशमा खेलकुद अब प्रतियोगिता जित्ने र पदक ल्याउने माध्यममा सीमित छैन । विराटनगरको फुटबल मैदानमा विदेशी क्लब खेल्न आउँछन,...

कोशी प्रदेशमा खुला सङ्ग्रहालय पर्यटन
टाकुरा विशेष

कोशी प्रदेशमा खुला सङ्ग्रहालय पर्यटन

by अर्जुन उप्रेती
अशोज १७, २०८३
0

हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश आफैँमा एउटा विशाल खुला सङ्ग्रहालय हो । यहाँका पहाडमा सुनिने मुन्दुमदेखि तराईका थारू, राजवंशी, धिमाल...

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

अशोज १४, २०८३
आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३

कोशी प्रदेशमा सिमसार पर्यटन

अशोज १०, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.