पेलियो खोपका जनक वैज्ञानिक हिलैरी कोप्रोव्सी हुन् । उनले सन १९५५ मा पोलियोको खाने औषधी बनाएका थिए । त्यसको दुईवर्ष पछि अरु वैज्ञानिकहरुले इन्जेक्सनको रुपमा विकास गरेका हुन् ।
हिलैरीलाई उनका मित्रहरुले भनेका थिए, ‘यो सम्पत्ति तिम्रो बौद्धिक सम्पत्ति हो ।’
त्यसबेला उनले भनेका थिए, ‘सूर्यको प्रकाश कसैको निजी सम्पत्ती कसरी हुन्छ ?’
म त चाहन्छु चाँडो भन्दा चाँडो यो औषधीको उत्पादन होस र बिश्वभरिका बालबालिकाको जीवन रक्षा होस । आजको विश्वमा बौद्धिक सम्पत्तिको नाउमा कोरोना भ्याक्सिनको उत्पादन नियन्त्रित छ ।
साढे सात अरब जनसंख्यालाई १५ सय करोड भ्याक्सिनको तत्काल खाँचो छ तर महामारीको भ्याक्सिनलाई यसरी धन थुपार्ने साधनमात्र बनाउने हो भने कहिले होला मानवीय रक्षा ?
Discussion about this post