Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

अल्छी

प्रज्वल पराजुली by प्रज्वल पराजुली
भदौ २१, २०८२
in कला साहित्य, टाकुरा विशेष, विचार
0
अब को किसान ?
175
SHARES
Share on FacebookShare on Twitter

ज्यादै अल्छी भएको छु । साथी सोनु जयन्ती उक्साउनु हुन्छ, “अल्छी मान्छेले नै हो संसारमा आविष्कार गर्ने, इतिहास रच्ने” आफैंलाई समर्थनको यति कुरा आएपछि म आफू अल्छी भएकोमा पीर गर्दिनँ ।

कवि, पत्रकार विवेक विवश रेग्मीले “केही लेखेर पठाउनु न” भनेको धेरै भो । वहाँलाई केही पठाउन सकेको छैन । अनेक कुरा भनेर टारे पनि सत्य चाहिँ “अल्छी” नै हो ।

अफिसमा छु । आधा लेखिसकिएको डायरी करिब आधा आधा भएर खुल्ला पल्टेको छ । छेवैमा “Personality Development” को एउटा र अर्को “उरमाल” बसेका छन् । अरू केही थान पुस्तक पनि छन्, जो अर्को टेबलबाट मलाई नै हेरिरहेका छन् । पढ्न सकेको छैन ।

जीवनसम्म पुगेपछि म बडो गम्भीर भएको छु । सत्य, असत्य, जन्म, पुर्नजन्म जे जे भने पनि मैले बुझेको, थाहा पाएको जम्मा यही जीवन हो । यसलाई अनेकले अनेक किसिमले परिभाषित गर्न छुट छ । अनुभूतिको तहमा पनि त समान हुदैन जीवन ।

कला, साहित्यमा रुचि भएको म आजकल लेखन, अध्ययन र साधनामा समेत भुत्ते भएको छु । Oliver Twist उपन्यासका लेखक चाल्र्स डिकेन्स भन्छन्, “अल्छी समयको चोर हो ।” यही भनाइलाई उर्जा मानेर केही लेख्न बसेको छु ।

प्रीति फन्टमा सरररर…. औंलाहरू चल्थे । नलेखेको लामो समय भएछ क्यारे अटेर गरिरहेका छन् । लाग्यो, लत बडो गजब चिज हो । म शिक्षा क्षेत्रमा समेत काम गरिरहेको मान्छे । आजको विषय खासमा शिक्षा नै लेख्छु भनेर लेख्न बसेको हुँ । ऐले आएर लाग्दैछ, पैला अल्छीबारे लेखुँ । यसलाई लेखेरै लखेटौँ । हुन त मैले लेखे पनि, नलेखे पनि यो समय चल्छ नै, यो धरती चल्छ नै ।

न्यूरो साइन्स भन्छ, ‘मानिस अल्छी नभई उर्जाको संरक्षण गर्ने प्रवृत्ति लिएर जन्मेको हुन्छ । प्राचीन समयमा यो बाँच्नका लागि उपयोगी पनि थियो होला तर आजको जीवनशैलीमा यसले मानिसको प्रगति रोकेको छ । साथै हिन्दू धर्मले तमोगुण, बुद्ध धर्ममा पाँच बाधक मध्येको एक बाधक मानेको छ ।’ मलाई हो जस्तै लाग्दैछ ।

सम्झन्छु, मैले टेकेको धरती, मैले देखेको आकाश, मलाई बाटो देखाइ हिँड्ने घाम, मलाई छोडी गएको समय र मेरो अल्छीपन । मैले नपढेका किताब, मैले नघुमेको संसार, मैले पूरा गर्न बाँकी कविता, मैले गर्न भनी छोडीराखेका काम सबै–सबै सम्झिएँ ।

मलाई सानो छँदा लाग्थ्यो, कसैले उमेर सोध्दा, आफू १६ वर्ष भएको कसरी भन्ने होला ? २०, २५, ३० वर्ष । अहो ! त्यो समय सम्झन्छु ।

पछि बुझेँ, वर्ष त समय रहेछ, समय हाम्रो कावुमा रैन रहेछ । र ऐले ४० बर्षको भएको छु । (मलाई किन यहाँ आफ्नो उमेर भन्न मन लाग्यो थाहा भएन । तर लेखे पछि मेट्न मन भएन, भन्न मन लागेको कारण जे सुकै होस् ।) समय त यसरी नचाहदै बितिजाने चिज रहेछ । मैले अल्छी गरेर बसे पनि या कुनै अलौकिक कार्य गरे पनि ।

समय बित्नु त जीवन बित्नु पो हो रहेछ ।

जीवनसम्म पुगेपछि म बडो गम्भीर भएको छु । सत्य, असत्य, जन्म, पुर्नजन्म जे जे भने पनि मैले बुझेको, थाहा पाएको जम्मा यही जीवन हो । यसलाई अनेकले अनेक किसिमले परिभाषित गर्न छुट छ । अनुभूतिको तहमा पनि त समान हुदैन जीवन । (यहाँ आएर, केही लेख्न नसकेर घोत्लेर बसेको छु ।)

मोबाइल चलाउँछु, खोल्नासाथ वषौँ अघि खिचेको तस्वीर ब्याकग्राउण्डमा देखिन्छ । सम्झन्छु, त्यो फोटो आइएस्सी पढ्दा २०५८/५९ ताका विजयपुर, धरानको दन्तकाली मन्दिर तल्तिर बसेर सिंगो धरान देखिने गरी खिचिएको छ । एउटा टिनएजको केटो जसको ओठमा बल्लतल्ल जुँगाको रेखी बसेको छ । झसङ्ग भएर आफैलाई सम्झन्छु, कानको छेउ हुँदै सेतै फुल्न थालेको म, कपाल झरेर खुइलिदै गएको टाउको । त्यो बेलाको धरान, ती साथी, त्यो संगत, ती सपना…….

अल्छी हुनु त आफैंले आफैंलाई चोर्नु पो हो रहेछ, ठग्नु पो हो रहेछ ।

अहो ! अल्छीबारे लेख्न बसेको म, के के पो सोच्न थालेछु ।

ऐले सम्झदैछु, केही वर्ष पहिले भतिजले ७८ वर्षे मेरो बुबालाई सोधेको थ्यो, “बुबा तपाईलाई कैलेदेखि आफू बुढो भए भन्ने लाग्यो ?”
बुबाले विश्वासको साथ भन्नुभएको थियो, “मलाई अझै लागेको छैन ।”

खास कुन समयबाट हामीलाई लाग्छ कि हामी बूढो भयौँ ? या यसरी नै बितिरहन्छ समय ? या मानिस अनुसार फरक हुन्छ यो ?

म अनायस रुसी संगीतकार Pyotr Ilyich Tchaikovsky को “Inspiration is a guest that does not willingly visit the lazy.” सम्झन्छु । र सम्झन्छु, मैले टेकेको धरती, मैले देखेको आकाश, मलाई बाटो देखाइ हिँड्ने घाम, मलाई छोडी गएको समय र मेरो अल्छीपन । मैले नपढेका किताब, मैले नघुमेको संसार, मैले पूरा गर्न बाँकी कविता, मैले गर्न भनी छोडीराखेका काम सबै–सबै सम्झिएँ ।

अल्छी हुनु त आफैंले आफैंलाई चोर्नु पो हो रहेछ, ठग्नु पो हो रहेछ ।

अब मलाई अल्छी भएकोमा अत्यास जस्तो भएको छ । यो सुन्दर समयलाई अन्याय गरेको झैं भएको छ । बितेर गएका पल मैले अधिकतम् सदुपयोग गरेँ त ? प्रश्न आएको छ ।

र यो बेला केही वर्ष अघि लेखेका यी हरफ सम्झिरहेको छु ।

घाम

प्रत्येक बिहान,
खबरै नगरी
मेरो सिरान मै आइपुग्छ एउटा घाम ।

र,
बिना सोधपुछ,
बिना अनुमति,
मसँग मेरै जीवन लिएर जान्छ ।

Tags: #विचार#साहित्यटाकुरा विशेषप्रज्वल पराजुली
प्रज्वल पराजुली

प्रज्वल पराजुली

कवि तथा नाट्यकर्मी पराजुली स्कील क्याम्पस इटहरीका सीईओ हुन् । उनी टाकुरा न्यूजका लागि सामयिक विषयमा विचार लेख्छन् ।

Related Posts

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

अशोज ६, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.