नेपालमा बनेका सिनेमा हिन्दी सिनेमाबाट प्रभावित हुन्छन् भन्दा अनौठो मान्नुपर्ने कारणपनि छैन । हामीले सिनेमा हेर्न सुरु गरेकै हिन्दी सिनेमाबाट हो । धर्म, संस्कृति र परम्परापनि प्रायः समान भएको कारणले पनि त्यस्तो हुने नै भयो ।
त्यति हुँदाहुँदै पनि भूगोल स्थानीयता र सभ्यता फरक छ । परिवेश र समस्या फरक छ । नेपाल भित्रै पनि नवीन शहरीया सभ्यता र ग्रामिण प्राकृत सभ्यतामा ठूलै अन्तर छ । पूर्वी नेपाल र सुदुर पश्चिम वा कर्णाली सभ्यतामा अत्यन्त भिन्नता छ ।
भौगोलिक मौलिकता भएका सिनेमाहरू निर्माण हुन सके दर्शकले अलग्गै स्वाद लिन सक्ने रहेछन् भन्ने कुरा भरखरै प्रदर्शन प्रारम्भ भएको “कोशेढुङ्गा” ले प्रमाणित गरिदिएको छ ।
मञ्जुलकुमारलाई विदेश पठाउने मेनपावर कम्पनीको मालिकले पनि हार्दिकतापूर्वक आर्थिक सहयोग गर्छ । मेनपावर कम्पनीप्रति समाजले हेर्ने वर्तमान दृष्टिकोण फेर्नुपर्छ भन्ने सकारात्मक सन्देश छ यहाँनेर ।
अर्को कुरा तराई वा राजधानीलाई केन्द्र भागमा राखेर बनेका फिल्महरू धेरै छन । काशेढुङ्गा त्यो भन्दा फरक छ ।
कोशेढुङ्गा पहाडमा सुरुभएको छ र पहाडमा नै सकिएको छ । त्यसैले जुन भूगोलमा फिल्म बनेको छ, भाषा, कथा, समस्या र समाधान पनि त्यही भूगोलको छ । मलाई एउटा भ्वाइस मेसेज आएको थियो मेसेन्जरमा ।
‘यस्तो फिल्म पनि हेरेनन् मान्छेले भने के हेर्छन्’ भन्दै मलाई पनि हेर्ने सुझाव थियो रम्बा पाख्रेलको त्यो मेसेजमा । त्यसै कारण मैले पनि मेरा नौ जना साथीहरू बीच सल्लाह गरें र कोशेढुङ्गा हेर्न गयौं, आइतबारेको हलमा ।
सुन्दर पहाडी दृश्यमा एउटा सानो भाइले दिदीलाई घँचेटेर लडाईदिएको दृश्यबाट सुरु भएको फिल्मको धेरैजसो दृश्य स्याङ्जामा छायाँङ्कन भएको रहेछ । यसमा आजसम्म हेरेका नेपाली फिल्म भन्दा फरक स्वाद पाइने रहेछ ।
स्थानीय ठेट शब्दका सम्वादबाट सुरु भएको फिल्म रमाइलो र हँस्यौली पाटोमा जान्छ होला जस्तो लाग्छ । मनोरम भूमिको यही रमाइलो परिवेश बीच नै कथा बग्छ होला जस्तो लाग्छ । तर कथा एकाएक नब्बे डिग्रीको कोण बनाएर घुम्छ र संवेदनात्मक बन्दै जान्छ ।
फिल्मको पटाक्षेप वियोगान्त हुन पुग्छ । फिल्ममा मानसिक द्वन्द अत्यन्तै धेरै छ तर भौतिक द्वन्द छैनको बराबर छ । मारपीट नभएपनि उत्कृष्ठ सिनेमा बन्नसक्छ भन्ने उदाहरण पनि हो यो । फिल्ममा भिलेन छैन । छ तर त्यति नकारात्मक छैन ।
कथावस्तु नेपाली जनमानसले भोगिरहेको ज्वलन्त पीडाको प्रत्यक्ष दृश्य हो । मामाको छोरा एम.ए डिग्री लिएर पनि अरब पुग्नुपर्छ । र पनि मैले आफ्नै देशमा केही गर्नु पर्छ भन्ने चेतको कारण घर आएर गोठ पाल्छ, तर एम.ए पढेरपनि गोठालो भयो भन्छ समाजले ।
यो स्वावलम्वन प्रति राज्यलाई कुनै मतलब नै छैन । यो भूमिकामा आर्यन सिग्देलले अत्यन्तै जीवन्त अभिनय गरेका छन । होटलवालीको भूमिकामा रहेकी ऋचा शर्माको अभिनय हेर्दा म सिनेमा हेरिरहेको छैन होटलमा पसेको छु र रक्सी खाने टेबुलमा बसेको छु जस्तो लाग्छ । पत्रकारको भूमिकामा समेत रहेकी नीति शाहको माटोप्रतिको प्रेम र सहयोगी चत्रि उदाहरणी छ ।
वर्तमानमा नेपाली युवाले खेप्नु परेको नियति कथाको मेरुदण्ड हो । यसको मूल भूमिकामा रहेको मञ्जुलकुमारको भूमिका गाउँको सिधासादा युवाको छ । सिधासादा भएकै कारण खाडी भासिनु उसको बाध्यता बन्यो, उ हत्या अभियोगमा जेल परो र मृत्युदण्डको फैसला भयो ।
मञ्जुलकुमार कि पत्नी र दाजु नेता, मन्त्री र सरकारसँग गुहार माग्न जान्छन्, सहयोग गर्नुको साटो मन्त्रीले सिपाई लगाएर निकाली दिन्छ ।
अधिकांश फिल्ममा भिलेन हुन्छ तर यसमा छैन, बरु सरकारको रवैया भिलेन जस्तो छ । फिल्मको समापन मिलनबाट हुन्छ तर कोशेढुङ्गाको वियोगान्त छ । फिल्ममा द्वन्द हुने गर्छ तर यमा भौतिक द्वन्द छैन ।
यो पनि आजको सत्ता सञ्चालन शैलीसँग मिल्दोजुल्दो छ । त्यसले दर्शकहरूलाई अक्रोशित बनाउँछ । एक करोड रुपियाँ ब्लडमनि तिरे माफी पाउने कुरा त आयो । तर कालकोठरीमा छटपटाउँदै फाँसीको दिन पर्खिनु बाहेक उसँग अर्को उपाय थिएन । यो दृश्यमा हलभरीका दर्शकको आँखामा आँशु भरिन्छ ।
यता मञ्जुलकुमारको नव विवाहिता पत्त्नीको भूमिकामा रहेकी नायिका सुरक्षा पन्त आफ्नो पतिको जीवनका लागि ब्लडमनीको लागि पैसा खोज्न हिँड्छिन् । आफन्त इष्टमित्र सबैले सहयोग पनि गर्छन् । यहाँनेर हाम्रो सामाजिक सद्भाव र सहयोगलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।
मञ्जुलकुमारलाई विदेश पठाउने मेनपावर कम्पनीको मालिकले पनि हार्दिकतापूर्वक आर्थिक सहयोग गर्छ । मेनपावर कम्पनीप्रति समाजले हेर्ने वर्तमान दृष्टिकोण फेर्नुपर्छ भन्ने सकारात्मक सन्देश छ यहाँनेर । ब्लडमनीका लागि व्यानर राखेर सडकमा भीक्षा मागेरपनि बस्छिन् नायिका । मान्छेले सहगोग गर्छन् तर एक करोड रुपियाँ कम हैन, आधा ब्लडमनी पनि पुगेन अनि अन्तिम उपाय, सुरक्षा पन्त आफैँलाई बिक्री गर्छिन् र ब्लडमनी पठाउँछिन् ।
आफ्नो हृदयको मान्छेका लागि उनको त्यागपूर्ण अभिनय दृश्यमा भन्दापनि अनुभूतिमा बेजोड छ । पुराना नायक सरोज खनालको परम्परागत अभिभावकीय भूमिका जीवन्त छ ।
अधिकांश फिल्ममा भिलेन हुन्छ तर यसमा छैन, बरु सरकारको रवैया भिलेन जस्तो छ । फिल्मको समापन मिलनबाट हुन्छ तर कोशेढुङ्गाको वियोगान्त छ । फिल्ममा द्वन्द हुने गर्छ तर यमा भौतिक द्वन्द छैन ।
फिल्मले देशको माटो बोल्छ र समस्या बोल्छ । फिल्मले सुरुमा हसाउँछ मनमा घत परुन्जेल, पछि हृदय द्रविभूत हुनेगरी रुवाउँछ । दर्शकहरू रुन्छन हलभरी सुँक्कसुँक्क सुनिन्छ ।
किशोर अनुराग र प्रेविल कडेल निर्माता अनि दिनेश खड्का कार्यकारी निर्माता र सरोज पौडेल निर्देशक रहेको कोशेढुङ्गा यो समयको सफल सिनेमा हो माटो बोल्ने अभिनयको ।
















Discussion about this post