Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

माटो बोल्ने कथा र अभिनय

कृष्ण अधिकारी by कृष्ण अधिकारी
भदौ २८, २०८२
in कला साहित्य, टाकुरा विशेष, विचार
0
माटो बोल्ने कथा र अभिनय
66
SHARES
Share on FacebookShare on Twitter

नेपालमा बनेका सिनेमा हिन्दी सिनेमाबाट प्रभावित हुन्छन् भन्दा अनौठो मान्नुपर्ने कारणपनि छैन । हामीले सिनेमा हेर्न सुरु गरेकै हिन्दी सिनेमाबाट हो । धर्म, संस्कृति र परम्परापनि प्रायः समान भएको कारणले पनि त्यस्तो हुने नै भयो ।

त्यति हुँदाहुँदै पनि भूगोल स्थानीयता र सभ्यता फरक छ । परिवेश र समस्या फरक छ । नेपाल भित्रै पनि नवीन शहरीया सभ्यता र ग्रामिण प्राकृत सभ्यतामा ठूलै अन्तर छ । पूर्वी नेपाल र सुदुर पश्चिम वा कर्णाली सभ्यतामा अत्यन्त भिन्नता छ ।

भौगोलिक मौलिकता भएका सिनेमाहरू निर्माण हुन सके दर्शकले अलग्गै स्वाद लिन सक्ने रहेछन् भन्ने कुरा भरखरै प्रदर्शन प्रारम्भ भएको “कोशेढुङ्गा” ले प्रमाणित गरिदिएको छ ।

मञ्जुलकुमारलाई विदेश पठाउने मेनपावर कम्पनीको मालिकले पनि हार्दिकतापूर्वक आर्थिक सहयोग गर्छ । मेनपावर कम्पनीप्रति समाजले हेर्ने वर्तमान दृष्टिकोण फेर्नुपर्छ भन्ने सकारात्मक सन्देश छ यहाँनेर । 

अर्को कुरा तराई वा राजधानीलाई केन्द्र भागमा राखेर बनेका फिल्महरू धेरै छन । काशेढुङ्गा त्यो भन्दा फरक छ ।

कोशेढुङ्गा पहाडमा सुरुभएको छ र पहाडमा नै सकिएको छ । त्यसैले जुन भूगोलमा फिल्म बनेको छ, भाषा, कथा, समस्या र समाधान पनि त्यही भूगोलको छ । मलाई एउटा भ्वाइस मेसेज आएको थियो मेसेन्जरमा ।

‘यस्तो फिल्म पनि हेरेनन् मान्छेले भने के हेर्छन्’ भन्दै मलाई पनि हेर्ने सुझाव थियो रम्बा पाख्रेलको त्यो मेसेजमा । त्यसै कारण मैले पनि मेरा नौ जना साथीहरू बीच सल्लाह गरें र कोशेढुङ्गा हेर्न गयौं, आइतबारेको हलमा ।

सुन्दर पहाडी दृश्यमा एउटा सानो भाइले दिदीलाई घँचेटेर लडाईदिएको दृश्यबाट सुरु भएको फिल्मको धेरैजसो दृश्य स्याङ्जामा छायाँङ्कन भएको रहेछ । यसमा आजसम्म हेरेका नेपाली फिल्म भन्दा फरक स्वाद पाइने रहेछ ।

स्थानीय ठेट शब्दका सम्वादबाट सुरु भएको फिल्म रमाइलो र हँस्यौली पाटोमा जान्छ होला जस्तो लाग्छ । मनोरम भूमिको यही रमाइलो परिवेश बीच नै कथा बग्छ होला जस्तो लाग्छ । तर कथा एकाएक नब्बे डिग्रीको कोण बनाएर घुम्छ र संवेदनात्मक बन्दै जान्छ ।

फिल्मको पटाक्षेप वियोगान्त हुन पुग्छ । फिल्ममा मानसिक द्वन्द अत्यन्तै धेरै छ तर भौतिक द्वन्द छैनको बराबर छ । मारपीट नभएपनि उत्कृष्ठ सिनेमा बन्नसक्छ भन्ने उदाहरण पनि हो यो । फिल्ममा भिलेन छैन । छ तर त्यति नकारात्मक छैन ।

कथावस्तु नेपाली जनमानसले भोगिरहेको ज्वलन्त पीडाको प्रत्यक्ष दृश्य हो । मामाको छोरा एम.ए डिग्री लिएर पनि अरब पुग्नुपर्छ । र पनि मैले आफ्नै देशमा केही गर्नु पर्छ भन्ने चेतको कारण घर आएर गोठ पाल्छ, तर एम.ए पढेरपनि गोठालो भयो भन्छ समाजले ।

यो स्वावलम्वन प्रति राज्यलाई कुनै मतलब नै छैन । यो भूमिकामा आर्यन सिग्देलले अत्यन्तै जीवन्त अभिनय गरेका छन । होटलवालीको भूमिकामा रहेकी ऋचा शर्माको अभिनय हेर्दा म सिनेमा हेरिरहेको छैन होटलमा पसेको छु र रक्सी खाने टेबुलमा बसेको छु जस्तो लाग्छ । पत्रकारको भूमिकामा समेत रहेकी नीति शाहको माटोप्रतिको प्रेम र सहयोगी चत्रि उदाहरणी छ ।

वर्तमानमा नेपाली युवाले खेप्नु परेको नियति कथाको मेरुदण्ड हो । यसको मूल भूमिकामा रहेको मञ्जुलकुमारको भूमिका गाउँको सिधासादा युवाको छ । सिधासादा भएकै कारण खाडी भासिनु उसको बाध्यता बन्यो, उ हत्या अभियोगमा जेल परो र मृत्युदण्डको फैसला भयो ।

मञ्जुलकुमार कि पत्नी र दाजु नेता, मन्त्री र सरकारसँग गुहार माग्न जान्छन्, सहयोग गर्नुको साटो मन्त्रीले सिपाई लगाएर निकाली दिन्छ ।

अधिकांश फिल्ममा भिलेन हुन्छ तर यसमा छैन, बरु सरकारको रवैया भिलेन जस्तो छ । फिल्मको समापन मिलनबाट हुन्छ तर कोशेढुङ्गाको वियोगान्त छ । फिल्ममा द्वन्द हुने गर्छ तर यमा भौतिक द्वन्द छैन ।

यो पनि आजको सत्ता सञ्चालन शैलीसँग मिल्दोजुल्दो छ । त्यसले दर्शकहरूलाई अक्रोशित बनाउँछ । एक करोड रुपियाँ ब्लडमनि तिरे माफी पाउने कुरा त आयो । तर कालकोठरीमा छटपटाउँदै फाँसीको दिन पर्खिनु बाहेक उसँग अर्को उपाय थिएन । यो दृश्यमा हलभरीका दर्शकको आँखामा आँशु भरिन्छ ।

यता मञ्जुलकुमारको नव विवाहिता पत्त्नीको भूमिकामा रहेकी नायिका सुरक्षा पन्त आफ्नो पतिको जीवनका लागि ब्लडमनीको लागि पैसा खोज्न हिँड्छिन् । आफन्त इष्टमित्र सबैले सहयोग पनि गर्छन् । यहाँनेर हाम्रो सामाजिक सद्भाव र सहयोगलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।

मञ्जुलकुमारलाई विदेश पठाउने मेनपावर कम्पनीको मालिकले पनि हार्दिकतापूर्वक आर्थिक सहयोग गर्छ । मेनपावर कम्पनीप्रति समाजले हेर्ने वर्तमान दृष्टिकोण फेर्नुपर्छ भन्ने सकारात्मक सन्देश छ यहाँनेर । ब्लडमनीका लागि व्यानर राखेर सडकमा भीक्षा मागेरपनि बस्छिन् नायिका । मान्छेले सहगोग गर्छन् तर एक करोड रुपियाँ कम हैन, आधा ब्लडमनी पनि पुगेन अनि अन्तिम उपाय, सुरक्षा पन्त आफैँलाई बिक्री गर्छिन् र ब्लडमनी पठाउँछिन् ।

आफ्नो हृदयको मान्छेका लागि उनको त्यागपूर्ण अभिनय दृश्यमा भन्दापनि अनुभूतिमा बेजोड छ । पुराना नायक सरोज खनालको परम्परागत अभिभावकीय भूमिका जीवन्त छ ।

अधिकांश फिल्ममा भिलेन हुन्छ तर यसमा छैन, बरु सरकारको रवैया भिलेन जस्तो छ । फिल्मको समापन मिलनबाट हुन्छ तर कोशेढुङ्गाको वियोगान्त छ । फिल्ममा द्वन्द हुने गर्छ तर यमा भौतिक द्वन्द छैन ।

फिल्मले देशको माटो बोल्छ र समस्या बोल्छ । फिल्मले सुरुमा हसाउँछ मनमा घत परुन्जेल, पछि हृदय द्रविभूत हुनेगरी रुवाउँछ । दर्शकहरू रुन्छन हलभरी सुँक्कसुँक्क सुनिन्छ ।

किशोर अनुराग र प्रेविल कडेल निर्माता अनि दिनेश खड्का कार्यकारी निर्माता र सरोज पौडेल निर्देशक रहेको कोशेढुङ्गा यो समयको सफल सिनेमा हो माटो बोल्ने अभिनयको ।

 

Tags: #विचारकृष्ण अधिकारीटाकुरा विशेषसमीक्षासिनेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी

इटहरी निवासी अधिकारी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष हुन् । उनी टाकुरा न्यूजका लागि समसामयिक विषयमा विचार लेख्छन् ।

Related Posts

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

अशोज ६, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.