Wednesday, May 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नयाँ सरकारका चुनौतीका चाङ

कृष्ण अधिकारी by कृष्ण अधिकारी
चैत्र १९, २०८२
in टाकुरा विशेष, विचार
0
नयाँ सरकारका चुनौतीका चाङ
85
SHARES
Share on FacebookShare on Twitter

मुलुकले परिवर्तनका सात चरण पार गरेको छ । २००७ सालको १०४ वर्षे राणा शासन हटाउने क्रान्तिले प्रथम र सबैभन्दा ठूलो परिवर्तन ल्याएको थियो । जसले नेपालीलाई रैतीबाट नागरिक बनायो । त्यसको दश वर्ष पछाडि २०१७ सालको परिवर्ततन पुनरागमन स्वरूपको थियो । तथापि त्यो परिवर्तनले देशको धरातलीय संरचना तयार गरेको रहेछ भनेर आज स्वीकार गर्न थालिएको छ ।

त्यसको १८ वर्ष पछाडि जनताको असन्तुष्टि चुलिदाँ जनमत संग्रहको चरणसम्म पुग्यो । र, बहुदलीय भावना पराजित भएपनि पञ्चायतको स्वरूपमा सामान्य परिवर्तन आएको थियो । तर त्यतिले मात्रै पञ्चायती प्रणाली थामिन सकेन । त्यसको दश वर्ष पछाडिको कांग्रेस र कम्युनिष्टको संयुक्त जनआन्दोलनले ०४६ सालमा पञ्चायत हटाएर पूर्ण प्रजातान्त्रिक व्यवस्था पुनःस्थापना ग¥यो ।

  • भन्दाखेरी शब्द पनि लजाउने सत्य के छ भने – ०४६ को आन्दोलनले पुनःस्थापना गरेको बहुदलीय प्रजातन्त्र र ६२/६३ ले ल्याएको लोकतान्त्रिक गणतन्त्र भोकाएका ब्वाँसाहरूको सिकार मात्र भयो । सुशासन र जनतालाई सन्तुष्टि दिन सकेन । 

बिहारी ढाँचाको राजनीतिबाट प्रशिक्षित कांग्रेस र एमालेका नेताहरूले त्यही बाटो लिए । बाहुबलीहरूको घेरा बनाएर शासन गर्नुलाई राजनीति ठाने । लालु यादवले चारा घोटाला गरेजस्तै अनगिन्ती घोटालाहरू गरे । नितिसकुमार आएर बिहारको रूपान्तरण गरिसक्दा पनि यिनीहरूले लालुपथ त्याग्न सकेनन् र माओवादी द्वन्दले शीर उठायो ।

माओबादी द्वन्दले शीर उठाउनुका दुईवटा आधारहरू थिए – कम्युनिष्टका ठूलै जमात जनताको बहुदलीय जनवाद भन्ने मार्गचित्र बनाएर संसदीय राजनीतिमा रूपान्तरित हुनुले कम्युनिष्ट आन्दोलनमा विश्वास राख्नेहरू फरक धारमा एकत्रित हुनु एउटा कारण थियो भने बहुदलीय संसदवादी भनिएका शासकहरूको भ्रष्ट आचरण र कार्यशैली दोस्रो कारण बन्न पुग्यो ।

यसबाहेक कांग्रेस, एमाले र कांग्रेस फुटाएर गएका शेरबहादुर देउवाहरू एकले अर्कोको तेजोवध गर्नका लागि माओवादी प्रयोग गर्नु र नारायणहिटी दरबारका हार्डलाइनरसँग माओवादीको प्रतिशोधात्मक विचार मिल्नुमा माओवादी द्वन्दका लागि मलजल बन्यो । त्यसैको समष्टि फल थियो – दश वर्षे माओवादी द्वन्द ।

  • ०८२ भाद्र २३ र २४ को जनआक्रोश त्यसैको परिणाम हो । त्यो आक्रोश के का लागि थियो ? सत्ता परिवर्तनका लागि थियो कि सुशासनका लागि थियो ? अथवा व्यवस्था नै परिवर्तनका लागि थियो कि संवैधानिक त्रुटीहरू सच्याउनका लागि मात्र थियो ?

त्यही द्वन्दको आधारमा ०६२/६३ को आन्दोलन भयो र ठूलो पविर्तन भयो । संवैधानिक राजतन्त्रात्मक व्यवस्थाको सट्टा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।

भन्दाखेरी शब्द पनि लजाउने सत्य के छ भने – ०४६ को आन्दोलनले पुनःस्थापना गरेको बहुदलीय प्रजातन्त्र र ६२/६३ ले ल्याएको लोकतान्त्रिक गणतन्त्र भोकाएका ब्वाँसाहरूको सिकार मात्र भयो । सुशासन र जनतालाई सन्तुष्टि दिन सकेन । ०८२ भाद्र २३ र २४ को जनआक्रोश त्यसैको परिणाम हो । त्यो आक्रोश के का लागि थियो ? सत्ता परिवर्तनका लागि थियो कि सुशासनका लागि थियो ?

अथवा व्यवस्था नै परिवर्तनका लागि थियो कि संवैधानिक त्रुटीहरू सच्याउनका लागि मात्र थियो ? मान्छेहरू सामाजिक सञ्जाल बन्द गरेका विरूद्ध थियो भन्छन्, तर त्यो सत्य हैन । सामाजिक सञ्जाल त एउटा निहुँ मात्र थियो, ०३५ सालको विद्यार्थी आन्दोलन हुनुमा जुल्फिकर अली भुट्टोको फाँसी निहुँ भएजस्तो । २३÷२४ भाद्रको जनधनको क्षति त परिवर्तनको मूल्य थियो । तर यो मूल्यअनुसारको परिवर्तन भयो कि भएन ? यो प्रश्न सत्ताधारीहरूका अगाडि उठिरहने प्रश्न हो ।

फाल्गुण २१ को निर्वाचनले नयाँ पार्टी रास्वपालाई २७५ मध्ये १८२ सिट दियो । १३८ सिटले बहुमत हुन्थ्यो र १८४ सिटले दुईतिहाई हुन्थ्यो । मतदाताले को उम्मेद्वार भनेर हेरेनन्, उम्मेद्वार चिन्न र भोलिको स्वार्थका लागि नजिक हुन पनि चाहेनन् । पुराना पार्टीहरू माथिको अविश्वास र आक्रोश व्यक्त गर्ने क्रममा भोट कि बालेनलाई दिए कि घण्टीलाई दिए ।

  • अर्को चुनौती भनेको रास्वपाको लोकप्रियता देखेर स्वार्थवश रातारात प्रवेश गरेका अवसरवादी हुन् । हिजो माओवादीलाई चाँडो बदनाम गराउनमा पनि त्यस्तै जमातको हात थियो । रास्वपाले प्राप्त गरेको प्रचण्ड बहुमत र त्यसबाट उत्पन्न हुने दम्भ पनि चुनौती नै हो । 

यो प्रचण्ड बहुमत किन दिए मतदाताले ? अबको अहं प्रश्न हो यो । तिमीले मागेको मत हामीले दिएका छौँ अब हाम्रो अपेक्षाअनुसार काम गर भनेका हुन् मतदाताले । अपेक्षा यस्ता छन् –

१) हिजोका भ्रष्ट र हत्याराहरूको फायल खोलेर अविलम्ब कारबाही गर्नु ।

२) प्रदेश खारेज गर्नु ।

३) समानुपातिक हटाउनु र निर्वाचन प्रणाली सुधार गर्नु ।

४) भ्रष्ट्राचारमुक्त देश बनाउनु र राष्ट्र निर्माणको गति तीव्र बनाउनु ।

५) कानुन परिवर्तन गरेर जनमुखी सेवा प्रदान गर्नु ।

६) नागरिकमैत्री करनीति लागू गर्नु ।

७) मन्त्री र सांसदको संख्या घटाउनु

८) विगतका सरकारहरूले बन्द गरेका उद्योगहरू सञ्चालन गर्नु र रोजगारी वृद्धि गर्नु

९) व्यावसायिक कृषि नीति लागू गर्नु र अन्नमा आत्मनिर्भर बनाउनु ।

१०) शिक्षा र स्वास्थ्य निःशुल्क गर्नु ।

११) जीविका खोज्न विदेशिएका युवालाई स्वदेश फर्किने वातावरण सिर्जना गर्नु ।

१२) प्रत्यक्ष प्रधानमन्त्री प्रणाली लागू गर्नु

१३) भ्रष्ट प्रवृत्तिको पृष्ठपोषण गर्ने ट्रेड युनियनहरू तुरुन्त खारेज गर्नु आदि ।

नयाँ आएको सरकारले यी कामहरू तुरुन्त गर्नुपर्छ भन्ने जनता चाहन्छन् । तर सरकारले तुरुन्तै यी काम गर्नसक्छ ?

परिवर्तन गरेरै छाड्छौँ भन्ने अठोट भएपनि परिवर्तन गर्न नदिने विधान र कानुन छन् । गणतन्त्र बलियो बनाउने बहानामा संवैधानिक जालो खडा गरिएको छ संविधानमा । यसैगरी भ्रष्ट्राचार रोक्न नसक्ने तर मुलुकको गति अवरूद्ध गर्ने कानुनी चक्रव्यूह खडा गरिएको छ ।

  • अर्को चुनौती भनेका कर्मचारी हुन् । पुराना दलका कोटामा परेका र भातृ संगठनमा रहेका कर्मचारीको जालो, गलत कानुनी संरचना र कर्मचारीमा व्याप्त भ्रष्ट्र र कामचोर प्रवृत्ति सिंहदरबार र मातहतमा रहेका डरलाग्दा समस्या हुन् । तिनीहरूसँग नयाँ सरकारले जुझ्नु पर्नेछ ।

अभिमन्यु फसाउन बनाइएको व्यूहरचनामा स्वयम् पुराना पार्टीका कौरबहरू फसेका छन् यतिवेला । तथापि, ती कानुनी चक्रव्यूह रहुन्जेल नयाँ सरकारले पनि जनअपेक्षा अनुसार उपलब्धि दिन सक्ने देखिदैँन ।

अर्को चुनौती भनेका कर्मचारी हुन् । पुराना दलका कोटामा परेका र भातृ संगठनमा रहेका कर्मचारीको जालो, गलत कानुनी संरचना र कर्मचारीमा व्याप्त भ्रष्ट्र र कामचोर प्रवृत्ति सिंहदरबार र मातहतमा रहेका डरलाग्दा समस्या हुन् । तिनीहरूसँग नयाँ सरकारले जुझ्नु पर्नेछ ।

अर्को चुनौती भनेको रास्वपाको लोकप्रियता देखेर स्वार्थवश रातारात प्रवेश गरेका अवसरवादी हुन् । हिजो माओवादीलाई चाँडो बदनाम गराउनमा पनि त्यस्तै जमातको हात थियो । रास्वपाले प्राप्त गरेको प्रचण्ड बहुमत र त्यसबाट उत्पन्न हुने दम्भ पनि चुनौती नै हो ।

२०१६ साल र २०५१ सालमा नेपाली काँग्रेस बहुमतीय दम्भको सिकार भएको इतिहास छ । नयाँ मण्डलेहरूबाट रास्वपा जोगिन सकेन भने सरकार असफल हुन्छ ।

जनताले चाहेको मूख्य कुरा त बाँकी नै छ, विकास । संविधान, ऐन, कानुन, कर्मचारीतन्त्र र आन्तरिक असन्तुलनबाट सरकार असफल भयो र विकासका पूर्वाधारमा टेक्नै सकेन भने विकास कसरी दिन सक्छ सरकारले ? त्यसबेला यो जनमतको के अवस्था होला?

यी कुरा सुरुमै थाहा पाउनुपर्ने हुन् ।

Tags: #विचारकृष्ण अधिकारीटाकुरा विशेष
कृष्ण अधिकारी

कृष्ण अधिकारी

इटहरी निवासी अधिकारी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष हुन् । उनी टाकुरा न्यूजका लागि समसामयिक विषयमा विचार लेख्छन् ।

Related Posts

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना
टाकुरा विशेष

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०८३
0

इटहरी : इटहरीस्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया फेरि विवादमा परेको छ । लगातार दुई कार्यकाल अध्यक्ष...

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
टाकुरा विशेष

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३
सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाइने

चिया परीक्षणसम्बन्धी नयाँ नियम, निर्यात ठप्प

जेष्ठ ६, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

जेष्ठ ६, २०८३
जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि 

जेष्ठ ५, २०८३
झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

झापामा धकेलेर हत्या आरोप : मदिरा जमघटमा युवतीको मृत्यु, युवक प्रहरीको नियन्त्रणमा

जेष्ठ ५, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1405 shares
    Share 562 Tweet 351
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    513 shares
    Share 205 Tweet 128
  • इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

    375 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.