Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home ब्लग

विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ७, २०८१
in ब्लग, समाचार
0
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु
73
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ ।

केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताए । मेयर कोइरालाको उपस्थितिमा ट्राफिक प्रहरी, नगर प्रहरी, इञ्जिनियर, परामर्शदातालगायतसँग बुधबार भएको छलफलपछि पहिला परीक्षण गर्ने र त्यसपछि नियमित कार्यान्वयनमा लाने निर्णय भएको हो ।

परीक्षण नगरी कार्यान्वयनमा जाँदा ट्राफिक व्यवस्थापन समस्या आउने निष्कर्षसहित पहिलो चरणमा पाँचवटै लाइटको परीक्षण गरिने भएको हो । लाइटको परीक्षण सँगसँगै सर्वसाधारणमा सचेतनामूलक सन्देशसमेत प्रवाह गरिने मेयर कोइरालाले बताए ।

‘ट्राफिक प्रहरी र नगर प्रहरीले ट्राफिक लाइटको परीक्षणका क्रममा देखिएका समस्याहरुको पहिचान गरी समाधानको उपायसहित महानगरलाई सुझाव दिनेछ,’ उनले भने, ‘त्यसपछि समस्या देखिएमा समाधान गरिने र नदेखिएमा नियमित कार्यान्वयनमा लगिनेछ ।’

ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले पनि ट्राफिक लाइटमार्फत विराटनगरको ट्राफिक व्यवस्थापन गर्न सघाउनेछ ।

पाँचवटै स्थानमा ट्राफिक लाइट जडान र आवतजावतका लागि ट्राफिक संकेत चिन्ह (रोड मार्किङ) समेत राखिसकिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षणपश्चात ट्राफिक लाइटको औपचारिक रुपमा उद्घाटन गरिनेछ । उद्घाटनपछि भने लाइटमार्फत नियमित ट्राफिक व्यवस्थापन गरिनेछ ।

महानगरले ७७ लाख रुपैयाँको लागितमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान गरिसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् ।

ट्राफिक लाइटको नियमित कार्यान्वयनमा आएपछि विराटनगरको ट्राफिक समस्याको समाधान हुने पौडेलको भनाइ छ । यसअघि प्रदेश सरकारले बरगाछीमा ट्राफिक लाइट जडान गरेर नियमित कार्यान्वयनमा ल्याइसकेको छ ।

Tags: #विराटनगरट्राफिक लाइटविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय...

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.