Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
in FEATURE BREAKING, समाचार
0
बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग
54
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।

महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट रकम कटौतीसँगै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी बाढीपीडितका लागि उक्त सहयोग जुटाएको हो ।

महानगरका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मामार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराइएको छ । बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको सेवा–सुविधा तथा पारिश्रमिकबाट कटौती गरी संकलन गरिएको हो ।

राहत रकम जुटाउन मेयरले दुई महिनाको सेवा–सुविधा र उपमेयरले एक महिनाको सेवा–सुविधा दिएका छन् । त्यस्तै वडाध्यक्षको सात दिनको सेवा–सुविधा रकम राहत कोषमा जम्मा गरिएको महानगरले जनाएको छ ।

कर्मचारीतर्फ सहसचिव र उपसचिव तहका कर्मचारीको १० दिन, अधिकृत तहका कर्मचारीको सात दिन तथा सहायक तहका कर्मचारीको तीन दिनको पारिश्रमिक कटौती गरिएको छ ।

सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीबाट पनि तह र श्रेणीअनुसार पारिश्रमिक कटौती गरिएको छ ।

माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको १० दिन, माध्यमिक द्वितीय र तृतीय, निम्न माध्यमिक प्रथम तथा प्राथमिक प्रथम श्रेणीका शिक्षकको सात दिन तथा निम्न माध्यमिक द्वितीय र तृतीय तथा प्राथमिक द्वितीय र तृतीय श्रेणीका शिक्षकको पाँच दिनको पारिश्रमिक राहतका लागि छुट्याइएको छ ।

विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्ताको दुई दिनको पारिश्रमिकसमेत राहत कोषमा जम्मा गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित परिवारको तत्काल उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि स्थानीय तहको तर्फबाट सहयोग गरेको जनाएको छ ।

मेयर कोइरालाले प्राकृतिक विपद्का कारण घर, सम्पत्ति र जीवनयापनको आधार गुमाएका नागरिकको पीडा साझा राष्ट्रिय पीडा भएको बताए ।

‘विपद्को पीडा कुनै भूगोल वा समुदायमा सीमित हुँदैन । यस्तो अवस्थामा राज्यदेखि स्थानीय तह, निजी क्षेत्र, संघसंस्था र आम नागरिकसम्म सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ,’ उनले भने ।

महानगरले विपद्का बेला सहानुभूति व्यक्त गर्नु मात्रै पर्याप्त नहुने निष्कर्षसहित प्रभावित नागरिकलाई प्रत्यक्ष राहत पुग्ने गरी आर्थिक तथा मानवीय सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

महानगरपालिकाका अनुसार उपलब्ध रकम बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा उनीहरूलाई सामान्य जीवनमा फर्काउन सहयोगी हुनेछ ।

भोटेकोशी बाढीपीडितको सहयोगका लागि महानगरले देश तथा विदेशमा रहेका नेपाली, उद्योगी–व्यवसायी, संघसंस्था, सामाजिक अभियन्ता, नागरिक समाज तथा आम नागरिकलाई समेत सहयोगमा जुट्न आह्वान गरेको छ ।

विपद् कहिले र कहाँ आउँछ भन्ने निश्चित नहुने भएकाले त्यसको सामना सामूहिक प्रयासबाट मात्रै सम्भव हुने महानगरको भनाइ छ ।

संकटमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै पुनःस्थापनाको आधार तयार गर्न सबै पक्ष एकजुट हुनुपर्ने मेयर कोइरालाले बताए ।

Tags: #विराटनगर#सहयोगविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ
FEATURE BREAKING

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

उदयपुर । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३८ महिनामा ४ हजार ३७६ दशमलव ५८४ किलोग्राम गाँजा बरामद गर्दा ९९ जनालाई...

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग
FEATURE BREAKING

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १९ लाख ४० हजार ८२७ रुपैयाँ आर्थिक सहयोग...

भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा अदालतबाट दोषी ठहर पाँच फरार प्रतिवादी नियन्त्रणमा

भदौ २२, २०८३
भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.