यसै ठाउँमा पछिल्लो चोटि आउँदा पनि
यहीँ पहाडको मुनि थिएँ
पहाडले भनेको थियो
तिमीहरूको उचाई किन होचो हुन्छ ?
आउँ हात समाउ
मेरो करङमा पाउ टेकेर माथी चढ
आउँ निहालेर अनुहार त हेरौँ, कस्तो देखिन्छौ !
जसरी मेरा भिन्नभिन्न कमिलाहरूलाई तिमीले चिन्न सक्दैनौ
त्यसैगरी मलाई पनि तिमीहरू सबै उस्तै लाग्छौ
बस् एउटै मात्र फरक छ
मेरा कुनै कमिला तिम्रो शरीरमा चढ्यो भने
चिमोठेर मारिदिन्छौ
तर म त्यसो गर्दिन
मेरा गोब्रेसल्लोको उचाई कति अग्लो छ !
तिमी भन्दा सात गुणा, कोहि कोहि त दस बाह्र गुणा नै अग्ला होलान्
आयु हेर कति लामो छ
शताब्दी देखि जिउँदै छन्
भन्नलाई त भनिदिन्छौ
तर ठूलाबडाको इज्जत गर्दैनौ
त्यसैले होचो हुन्छौ तिमीहरू
म त्यति एक्लो छैन जति तिमीले सोचेको छौ
तिमीहरू नै भीड भित्र पनि एक्ला छौ
बादलको भीडको समुह जब यात्रामा निक्लन्छन्
मलाई अँगालो मारेर जान्छन्
नदी जब बग्दछ, चरण स्पर्श गरेर विदा लिन्छ
मौसम त मेरो पाहुना हो
एकचोटि आएपछी महिनौ बसेर जान्छन्
अलगअलग सम्बन्ध गासिएको छ ।
मलाई यस्तो लाग्छ स कति छोटो आयुमा तिमीहरूको मिलन र बिछोड हुन्छ
आशा र उद्देश्य पनि साना नै हुन्छन्
त्यसैले तिमीहरूको उचाई यति धेरै होचो हुन्छ ।
अनुवाद : जनक कार्की
Discussion about this post