हुँदा एकान्तमा ललाई फकाई प्रेम नगरोस्
हरेकदिन हेरिरहने आदत लगाई प्रेम नगरोस्
तिमी फूलझैँ सजिएर ऐना हेर्दै बसेकी छ्यौ
डर लाग्छ कतै ऐनाले पनि तिमीलाई प्रेम नगरोस् ।
******
वर्षौँसम्म पर्खिराख्नु बेकार कहिल्यै लागेन।
अब देख्न पाइँदैन उनको मुहार कहिल्यै लागेन।
अझै पनि खाना दुई थालमा पस्किने आमालाई
छोरो मरिसक्यो भनेर पत्यार कहिल्यै लागेन।
******
हरेक कुरामा ठिक हुँदाहुँदै पनि बेठिकमा फालिएको
पुग्नै लागेको त्यो सफलताको नजिकमा फालिएको
म तिम्रो सिउँदोमा सजिन नपाएको एक अभागी प्रेमी हुँ
जस्तो कि लिखितमा नाम निस्केर मौखिकमा फालिएको।
*******
खोजियो भने अहोरात्र म मात्रै हुन्छु
एक्लो गुरु, एक्लो छात्र म मात्रै हुन्छु
स्विकारेँ भने तिम्रा हरेक आरोपहरू
सबैभन्दा खराब पात्र म मात्रै हुन्छु।
*****
बेवास्ता, घृणा, पीडा नभनी प्रेम भएको थियो।
मनमा आगो बल्थ्यो दनदनी प्रेम भएको थियो
बिछोड पछिको पहिलो भेटमा यत्ती सोध्नु छ
‘अहो ! तिमी जस्तोसँग पनि प्रेम भएको थियो?’

















Discussion about this post