इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ मा दीपेन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेसबाट राजु बस्नेतले टिकट पाएपछि बागी उम्मेदवार दिएका घिमिरेले आज (शुक्रबार) उम्मेदवारी फिर्ता लिएका हुन् ।
पार्टीले वितरण गरेको टिकटप्रति असन्तुष्टि जनाउदै बागी उम्मेदवार दिएका घिमिरेले भने, ‘मैले कांग्रेसलाई सघाउने, मेरो चुनाव चिह्न रुख हो भन्ने उदेश्यका साथ उम्मेदवारी फिर्ता लिएको हुँ ।’
उनले टिकट वितरणमा व्यक्तिवाद हाबी भएको उदृत गर्दै पार्टीमा व्यक्तिवाद हाबी हुन नहुने बताउँदै उम्मेदवारी फिर्ता लिएको बताए ।
‘पार्टीको निर्णयमा व्यक्ति हावी हुनुहुँदैन, भोलिका दिनमा आउने पुस्ताले के सिक्ने ?’ उनले टाकुरासँग भने, ‘म भन्दा पछाडिका पुस्तालाई सन्देश दिनका लागि र उनीहरूको भविष्य हेरेर मैले उम्मेदवारी फिर्ता लिएको हुँ, अब कांग्रेसका उम्मेदवारलाई जिताउनका लागि मेरो स्रोतसाधनले भ्याएसम्म प्रयत्न गर्नेछु ।’
उनले आफूले टिकट नपाएपनि कांग्रेसका उम्मेदवार भनेको आफैँ उम्मेदवार बने सो सरह रहेको बताउँदै स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
उनले भने, ‘आन्तरिक प्रतिष्पर्धामा जुन गुट हुन्छ, टिकट वितरणमा पनि त्यही देखियो, तर पार्टीका उम्मेदवारलाई जिताउनु हाम्रो कर्तव्य हो ।’
उनले गठबन्धनको तर्फबाट टिकट पाएकाहरूलाई जिताउन पनि अपिल गरे ।
Discussion about this post