Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी ८ मा रोहित चौधरीको लोभलाग्दो राजनीतिक यात्रा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरी ८ मा रोहित चौधरीको लोभलाग्दो राजनीतिक यात्रा
451
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. ८ बाट रोहित चौधरीले पुनः उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस इटहरी ८ का सभापति समेत रहेका चौधरी यहाँका लोकप्रिय नेता हुन् । गरीब, मजदुर, विपन्न तथा सर्वहाराका निम्ति सदैव आफूले काम गर्दै आएको उनले बताए ।

यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएर जनताको काममा प्रत्यक्ष सहभागी भएका उनले यस क्षेत्रका जनताको समस्या बुझेको बताउँदै आएका छन् । उनले यहाँ आफूलाई लोभलाग्दो र आशलाग्दो नेताका रूपमा स्थापित गरेका छन् ।

उनले पहिलो कार्यकालमा बाँकी रहेका कामहरूलाई पूर्णता दिन दोश्रो कार्यकाल आवश्यक भएको बताउँदै चौधरीले आफ्नो वडालाई इटहरी उपमहानगरपालिकाको नमुना वडा बनाउने दाबी गरे ।

उनले भने, ‘पहिलो कार्यकालको समय वडालाई व्यवस्थित गर्ने काममा बित्यो । वडाको विकासका लागि महत्वपूर्ण आधारहरू निर्माण भएका छन्, अब यहाँहरूले जिताउनुभएको अवस्थामा दोस्रो कार्यकालमा अपूरा कामहरू पूरा गरेर ८ नम्बर वडालाई इटहरीकै नमुना वडा बनाउने छु ।’

इटहरी उपमहानगरपालिकाको शैक्षिक हवको रुपमा विकाश हुँदै गरेको उक्त वडामा सवै उमेर समूहमा उत्तिकै लोकप्रिय नेताको छवि बनाएका चौधरीले महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई जना खुला वडा सदस्य सहितको टिम घोषणा गरेका हुन् ।

चौधरी नेतृत्त्वको उक्त टिममा खुला वडा सदस्यहरुमा खुपराज शर्मा र ध्रुब प्रसाद आचार्य रहेका छन् भने महिला वडा सदस्यमा हिरा कुमारी चौधरी रहेकी छन् । त्यसैगरी, दलित महिला वडा सदस्यमा रंजना सरदार रहेकी छन् ।

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो पटक विजयी भएका उनको पहिलो कार्यकाल सक्रिय एवम् उपलब्धीपूर्ण मानिएको छ ।

वडा कार्यालयको भवन निर्माण

पहिलो पाँच वर्षको अवधिमा उनको नेतृत्वमा ८ नम्बरको वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भएको छ ।

वडा कार्यालयको उक्त भवन निर्माणका लागि चौधरीकी आमा सविता कुमारी चौधरीले एक कठ्ठा चार धूर जग्गा दान दिएकी हुन् । इटहरी उपमहानगरपालिका पालिकाका अन्य वडा कार्यालयहरु सरकारी भवनहरूमा आश्रित रहँदा र भाडाका घरमा कार्यालय संचालनमा रहिरहँदा चौधरीको नेतृत्त्वमा वडा नम्बर ८ को आफ्नै कार्यालय पाएको छ ।

जुन वडा कार्यालय निर्माण सम्पन्न भएको छ भने यहि बैसाख अन्त्यसम्ममा संचालनमा आउने तयारीमा छ ।

२३ किमी पक्की सडक निर्माण

०७४ को स्थानीय निर्वाचनमा निर्वाचित हुँदा इटहरीका सबैभन्दा कम उमेरका वडाध्यक्ष रहेका चौधरी आफ्नो वडामा सडक विस्तार, स्तरोन्नति र पक्कि बनाउने कार्यमा महत्त्वपूर्ण काम गरेका छन् । आफ्नो कार्यकलमा उनको नेतृत्वमा वडामा २३ किलोमिटर पक्की सडक निर्माण भएको छ ।

चौधरीले आफ्नो नेतृत्त्वमा चार करोडको लागतमा इटहरी बसपार्क देखि घुर्की ‘बाईपास ट्रयाक’ समेत निर्माण गरेका छन् । इटहरी नगरपालिका हुँदै जाने इटहरी रिङ्गरोडको अधुरो रहेको विसुबाबा ग्राम थान हुँदै पुष्पलाल चोकदेखि पश्चिममा वडा नम्बर ७ को सिमाना सम्मको (लिंक रोड) कालो पत्रे निर्माणको काम सम्पन्न भएको छ ।

नगरको मुख्य सडकहरु सँग जोडिएका भित्री सहायक सडकहरुको स्तरोन्नति गर्ने र पक्कि सडक निर्माण गर्ने कार्य समेत चौधरीले आफ्नो कार्यकालमा गरेका छन् ।

डुबानबाट बच्न पानीको निकाश

त्यसैगरी, उक्त वडामा वर्षातको समयमा हुने डुबानबाट बच्न पानीको निकाशका लागि काम भइरहेको छ । पानीको निकासका लागि वडा मार्फत पशुपती चोक देखि शुष्मा स्कुल सम्म पानीको निकाशका लागि ड्रेन निर्माण भएको छ भने पिपलगाछि देखि नहर सम्म ड्रेन निर्माणको काम धमाधम भइरहेको छ ।

त्यसैगरी, वडामा बग्ने ट्यांग्रा खोलामा वर्षेनी आउने बाढीले खोलाको तटबन्ध कटान गर्दै आएकोमा वडा कार्यालयको सक्रियतामा विभिन्न स्थानमा गरि करिव ७०० मिटर तटबन्ध निर्माण काम समेत सम्पन्न भएको छ ।

टोल–टोलमा टोल विकास भवन निर्माण

चौधरीको कार्यकालमा वडामा तीन वटा टोल विकास भवनको निर्माण सम्पन्न भएको छ । जसमा शहिद टोल विकास, निर्माण टोल विकास र सुविधानगर टोल विकाशका तीन वटा भवन निर्माण गरिएका हुन् ।

त्यसैगरी, वडामा रहेको इटहरीमा सबैभन्दा पहिले स्थापना भएको सरस्वती सतन मावीलाई व्यवस्थित बनाउन दुई वटा नयाँ भवन समेत निर्माण गरिएको छ भने पुरानो भवनको स्तरोन्नति गरिएको छ । जसमा नेपाली माध्ययमा पढाई भइरहेकोमा चौधरीको पहलमा अंग्रेजी माध्ययमबाट समेत पठनपाठन संचालन गर्ने तयारी रहेको छ ।

कक्षा १० सम्म मात्र संचालनमा रहेको इटहरीकै जेठो उक्त विद्यालयमा दश जोड दुई समेत संचालनमा आएका छन् । जसमा ‘प्लस–टु’ मा शिक्षा संकाय अन्तर्गत दुई ‘सेक्सन’ संचालनमा रहेका छन् ।
चौधरीको पहलमा उक्त विद्यालयमा ३५ लाखको लागतमा कवर्ड हल निर्माण गरिएको छ ।

रोहित चौधरी सफल अध्यक्ष भित्र पर्नुहुन्छ – हेमकर्ण पौडेल

कांग्रेस इटहरीका सभापति एवं गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले इटहरी ८ का वडाध्यक्ष रोहित चौधरी सफल वडाध्यक्षभित्र पर्ने बताएका छन् ।

पौडेलले भने, ‘स्थानीय तहको नेतृत्व गर्ने कुरामा इटहरी ८ एकदमै सशक्त वडा छ । स्थानीय तहको नेतृत्व गर्ने कुरामा इटहरी वडा नम्बर ८ सफल छ । इटहरीमा भएका कांग्रेसबाट निर्वाचित १२ जना वडा सभापति मध्ये रोहित चौधरी सफल अध्यक्ष भित्र पर्नुहुन्छ ।’

Tags: #स्थानीय तहनिर्वाचनरोहित चौधरीस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
FEATURE BREAKING

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

by रासस
साउन २८, २०८३
0

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- ‘सहकार्य महत्वपूर्ण रह्यो’

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.