बराहक्षेत्र : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीको बराहक्षेत्र नगरपालिकामा गठबन्धनको तर्फबाट रमेश कार्की मेयरको उम्मेदवार छन् ।
चुनावी अभियानमा तीव्र रहेका कार्की अहिले घरदैलो अभियानमा छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका तर्फबाट वराहक्षेत्र नगरपालिकाका मेयर पदको मनोनयन दर्ता गरेका कार्की २०३६ सालमा बराहक्षेत्रमा जन्मिएका हुन् ।
विद्यालय अध्ययन गर्दादेखि नै सामाजिक कार्यमा लागेका लागेका कार्कीले स्नातक सम्मको अध्ययन गरेका छन् ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा तत्कालीन महेन्द्रनगर गाउँ इकाईको कोषाध्यक्षमा निर्वाचित भएका थिए । १३ औं अधिबेशनबाट तत्कालीन सुनसरी क्षेत्र नं ६ को सचिवमा मनोनीत भए । जनताका समस्यामा प्रत्यक्ष रूपमा सहभागी भएका कार्की अहिले आशीर्वादसँगै मत मागिरहेका छन् ।
निर्वाचन मार्फत बराहक्षेत्रबासीले यसपटक कार्कीको नेतृत्व पाउने विश्वास राखेर चुनावी मैदानमा होमिएका उनले भने, ‘बराहक्षेत्रमा हालसम्म एमालेको विरासत भन्दै आइएको छ, तर विकासका काममा भने पछि छ, अब हामीले नेतृत्व गरेपछि यहाँ विकासका काम हुन्छ ।’
यसपटक बराहक्षेत्रमा गठबन्धनले इतिहास रच्ने बताउँदै उनले भने, ‘इतिहासमै पहिलोपटक यसपटक कांंग्रेस र माओबादी मिलेर बराहक्षेत्रमा चुनावी मैदानमा होमिएका छौँ, हामीले चुनाव जित्न मात्रै होइन, बराहक्षेत्रबासीलाई जिताउनका निम्ति हो ।’
बराहक्षेत्रमा समाजसेवाको पृष्ठभूमिबाट पार्टीको नेतृत्वमा उदाएका प्रभावशाली युवा नेता कार्कीले यहाँका दर्जनौँ संस्थाको नेतृत्व गरेका छन् ।














Discussion about this post