Monday, May 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘सबै जनताको मनमा बसेको छु, चुनाव जितेर मुस्कानसहितको सेवा प्रवाह गर्छु’ : कैलाश कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
‘सबै जनताको मनमा बसेको छु, चुनाव जितेर मुस्कानसहितको सेवा प्रवाह गर्छु’ : कैलाश कार्की
392
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रतन कार्की (कैलाश) ले आफू सबै जनताको मनमा बसेकाले चुनाव जित्ने दाबी गरेका छन् ।

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरी १ मा वडासदस्यमा निर्वाचित भएका कार्कीले यसअघि कार्यबाहक वडाध्यक्ष समेत चलाइसकेका छन् । अनुभवले निखारिएका कार्कीले यस क्षेत्रमा भएका जनताका समस्या प्रत्यक्ष नियालेको बताउँछन् ।

‘यहाँका जनताले तपाईँ नै वडाध्यक्षमा उठ्नुपर्छ भनेर दबाब दिएकाले मैले पनि चासो देखाएको हुँ, कार्कीले भने, ‘पार्टीले पनि मलाई योग्य सम्झिएर टिकट दियो, म जनताको मनमा बसेको छु, अब चुनाव जितेपछि मुस्कानसहितको सेवा प्रवाह गर्छु ।’

कतिपय उम्मेदवारहरूले भने आफूले चुनाव जितेको अवस्थामा सडक बनाउने, जनताका समस्या समाधान गर्ने, भौतिक विकास गर्ने एजेन्डा उठाउँछन् । तर, यसभन्दा भिन्न रहेर कार्कीले सेवा प्रवाह गर्ने बताउँछन् ।

‘सबैभन्दा पहिला त मुस्कानसहितको सेवा लागू गर्छु, यसो हुँदा जनतालाई पनि स्थानीय सरकार भएको अनुभूत हुन्छ,’ कार्की भन्छन्, ‘यहाँ, बाटोका, स्वास्थ्यका, शिक्षाका समस्या त छन्, तर कार्यालयको सेवा प्रवाहपछि त्यसलाई प्राथमिकतामा राखेको छु ।’

उनले वडाबाट हुने सेवासुविधामा छिटो, चुस्त, दुरुस्त र मुस्कानसहितको सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

यहाँ बर्खायाममा डुबानको मुख्य समस्या रहेका कारण त्यसको न्यूनीकरणका लागि पनि अफूले नगर, प्रदेश र संघसम्म समन्वय गरी जनतालाई प्रत्यक्ष अनुभूत हुने किसिमका योजना अगाडि सार्ने बताए ।

उनले भने, ‘यहाँ बाटोको समस्या छ, बाढीको पनि उत्तिकै समस्या छ, यसको न्यूनीकरणका लागि मेरो विशेष पहल हुनेछ, यहाँका जनताको समस्या बुझेको छु ।’ उनले यस क्षेत्रमा शिक्षा, स्वास्थ्यका पनि समस्या रहेका कारण विज्ञहरूसँगको छलफलले यसलाई आकार दिनका लागि महत्वपूर्ण काम गर्ने प्रतिवद्वता जनाए ।

चुनाव जित्ने आधार के–के हुन् भन्ने प्रश्नमा कार्की भन्छन्, ‘म आजभन्दा ६ महिनाअघिदेखि गाउँघरमा सबै जनताको राय लिने काम गरिरहेको छु । उहाँहरूले तपाईँ जुन पार्टीबाट टिकट ल्याएपनि मत हाल्छौँ, हाम्रो मनमा बस्नुभएको छ भन्ने आशीर्वाद दिनुभएकाले चुनाव जित्ने विश्वास गर्छु ।’

उनले यस क्षेत्रका सबै जनताको आफूलाई आशीर्वाद भएका कारण चुनाव जित्ने दाबी गरे । यसअघि पनि नेपाली कांग्रेसले नै चुनाव जितेको यो वडामा हाल गठबन्धनले चुनाव जित्ने उनको विश्वास छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी १ मा कार्कीको प्यानलबाट खुल्ला महिला सदस्य कुमद चौधरी, दलित महिला सदस्य बिष्णुमाया नेपाली, खुल्ला सदस्य हरिहर चौधरी र गठबन्धनबाट खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका जीवनाथ धमला उम्मेदवार छन् ।

को हुन् कैलाश ?

२०४२ असोज ७ गते जन्मिएका कार्कीले तत्कालीन हाँसपोसा गाविस, हाल इटहरी १ को ‘ग्राउण्ड’ समस्या बुझेका छन् । प्लस टु सम्म अध्यापन गरेका कार्की पेशाले व्यवसायी समेत हुन् ।

यसअघि आफ्ना बुबा पार्टी सभापति भएका कारण पनि राजनीतिप्रति चासो दिएको उनी बताउँछन् । तरुण दलको वडाअध्यक्ष समेत भइसकेका कार्कीले इटहरी २ बाट क्रियाशिल सदस्य लिएर राजनीतिक यात्रा अगाडि बढाएका हुन् ।

यस क्षेत्रकै लोकप्रिय मानिएका कार्की युवा उम्मेदवार भएकाले वडामा विकासको भिजन दिन सक्ने उम्मेदवारका रूपमा चिनिन्छन् ।

Tags: #स्थानीय तहकैलाश कार्कीनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ
FEATURE BREAKING

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

इटहरी : राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा एक महिनामै सार्वजनिक गरेको छ...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 
FEATURE BREAKING

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।...

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३
जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

बैशाख २८, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

झापा : ३ वर्षमा १० हजारले लिए सुरक्षित गर्भपतन सेवा, ६०६ जना २० वर्षमुनिका

बैशाख २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

बैशाख २८, २०८३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

बैशाख २८, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    502 shares
    Share 201 Tweet 126
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.