Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी २ मा एमालेलाई विरासत गुम्ने डर, कांग्रेसमा उत्साह बढ्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरी २ मा एमालेलाई विरासत गुम्ने डर, कांग्रेसमा उत्साह बढ्दै
443
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. २ मा मतदाता उत्साहित भएका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रहेका राजु बस्नेतले आफ्नो घरदैलो अभियानअन्तर्गत आफूलाई जनताले विश्वास दिलाएका कारण चुनाव जित्ने बताउँदै आएका छन् । मतदाता उत्साहित भएका कारण यसपटक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उनको विश्वास छ ।

यसअघि नेकपा एमालेले चुनाव जितेको इटहरी २ मा विकास निर्माणका काम सुस्त भएको बस्नेतको आरोप छ । उनले आफूहरुले अहिले शिक्षा, स्वास्थ्य जस्ता कुरालाई मुख्य प्राथमिकतामा राखेको बताए ।

उनले इटहरी २ मा नेकपा एमालेले यस क्षेत्रलाई आफ्नो कब्जामा राख्दै, हैकमवादी सोच राखेर शासन सञ्चालन गरेको आरोप लगाए ।

‘स्थानीय सरकारले हालसम्म प्रदान गर्न नसकेको प्रभावकारी सेवा र विकास निर्माणलाई उच्च प्राथमिकताका साथ दलीय स्वार्थ भन्दा माथि उठेर वडाबासीको सेवा गर्ने हाम्रो प्रतिवद्धता छ ।’ उनले भने ।

आफूले घोषणापत्रमा प्राकृतिक विपद, महामारी तथा संक्रमणहरुमा तत्काल बिशेषज्ञ, डाक्टरसहित घर घरमा निःशुल्क उपचार वा साहयताको व्यवस्था गर्ने जस्ता कुरालाई प्राथमिकतामा राखेको बस्नेतले बताए ।

यता, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सचिव समेत रहेका चिन्तामणि सापकोटाले यसपटक इटहरी २ मा एमालेको विरासत गुम्ने दाबी गरे । उनले भने, ‘सधैँ यहाँ एमालेले दाबी गर्दै आएको छ, यहाँ यसपटक एमालेको विरासत गुम्दैछ, हामी चुनाव जित्ने अन्तिम तयारीमा छौँ ।’

उनले यसपटक कांग्रेसले अशक्त, जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग र शारीरिक दुर्वलता भएका वडाबासीहरुको सामाजिक सुरक्षा भत्ता घर दैलोसम्म पु¥याउन बैंकसँग समन्वय गर्नेजस्ता प्रतिबद्धताले पनि आफूहरु चुनाव जित्ने दाबी गरे ।

कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका रोशन अधिकारीले कांग्रेसमा यसपटक एकताबद्ध भएका कारण पनि उत्साह बढेको बताए ।

उनले वडामा प्राथमिक स्वास्थ्य केन्द्रको निर्माण, स्तरोन्नती गरी त्यसैको परिसरमा रेडक्रस शाखा र एम्बुलेन्स सेवाको व्यवस्थापन गरी स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने र माथिल्लो निकायसँग समन्वय गरी समय समयमा स्वास्थ्य शिविर संचालन गर्ने कुरालाई घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै, वडाभित्रका सामुदायिक विद्यालय (महेन्द्र मा.वि, शान्ति प्रा.वि) मा नर्सरी कक्षादेखि क्रमशः अंग्रेजी माध्ययममा अध्ययन, अध्यापनको प्रबन्ध मिलाउने जस्ता कुरालाई घोषणापत्रमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसकी प्रदेश प्रतिनिधि शुभद्रा राईले कांग्रेस एक भएका कारण तथा गठबन्धनका कारण पनि आफूहरुले यसपकट चुनाव जित्ने बताइन् । उनले कांग्रेसमा एकता, र दृढ संकल्प भएका कारण आफूहरुमा उत्साह भएको बताइन् ।

यता, नेपाली कांग्रेस इटहरी २ का सभापति दीपेन्द्र घिमिरेले जसले टिकट पाएपनि गठबन्धनलाई जिताउन आफूहरु लागि परेको बताए ।

उनले भने, ‘यसपटक इटहरी २ मा मात्रै होइन, इटहरीले नै जित्नेछ, हामी एक छौँ ।’ उनले अहिले घरदैलो अभियानमा आफूहरुले जनताको साथ पाएकाले चुनाव जित्ने बताए ।

उनले भने, ‘हामीले अहिले घरदैलो अभियानमा जुन साथ पाएका छौँ, त्यसैकारण पनि चुनाव जितेको अनुभूत गरेका छौँ, यसपटक इटहरी २ मा एमालेको विरासत गुम्दैछ ।’

 

Tags: #स्थानीय तहनिर्वाचनराजु बस्नेतस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.