Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी ५ मा जीवन न्यौपानेको लोभलाग्दो क्रेज, वृद्वभत्ता घरसम्मै पु¥याउने प्रतिवद्वता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरी ५ मा जीवन न्यौपानेको लोभलाग्दो क्रेज, वृद्वभत्ता घरसम्मै पु¥याउने प्रतिवद्वता
585
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ५ मा जीवनकुमार न्यौपाने कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार छन् ।

उनले अहिले घरदैलो अभियानमा वृद्वभत्ता घरसम्मै पु¥याउने मुख्य योजनासाथ आफूले गर्ने कामबारे जनतालाई घरदैलोसम्म पुगेर भेटिरहेका छन् ।

१५ वर्ष अगाडिदेखि क्रियाशिल सदस्यता लिएर राजनीतिमा होमिएका न्यौपानेको अहिले क्रेज बढ्दो छ । उनी युवापुस्ताका मार्गनिर्देशकदेखि वृद्ववृद्वाको पनि सहारा बनिरहेका छन् ।

लोकप्रिय युवा नेताका रूपमा परिचित रहेका न्यौपानले अहिले वृद्ववृद्वा भत्ता लिनका लागि इटहरी बजार नै पुगेर घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यता अब हट्ने बताए ।

‘इटहरी ५ का भित्री गाउँबाट बृद्वभत्ता लिनका लागि बजार नै जानुपर्ने र घण्टौसम्म लाइन लाग्ने बाध्यता अब हट्छ,’ उनले भने, ‘अब आवश्यकताअनुसार घरमै बृद्वभत्ता पु¥याउने हाम्रो प्रमुख प्राथमिकता छ, वडाबाटै वितरण गर्नेगरी पहल गर्नेछु ।’

उनले एक टोल, एक पार्कको अवधारणा ल्याइएका कारण यस क्षेत्रमा भएका पर्यटनका सम्भाव्यतालाई अध्ययन गरेर काम गर्ने प्रतिवद्वता व्यक्त गरे । यस्तै, पछिल्लो समय थारु समुदायको ग्रामथान पनि मासिइरहेकाले यसको प्रवद्र्वनका लागि आफूले विशेष काम गर्ने उनको दाबी छ ।

उनले यहाँ एमालेको नेतृत्वमा विकास निर्माणका कामसमेत ओझेलमा परेको बताए ।

‘बाटाघाटा निर्माणमा जनतासँग पैसा उठाएर विकास गरिएको छ, हामीले जितेको अवस्थामा जनताको माग अनुसार रकमै नलिइनकन वडाकै बजेटबाट पनि विकास गर्ने योजनामा छौँ,’ न्यौपाने भन्छन्, ‘शिक्षा क्षेत्रको स्तरोन्नतिका निम्ति पनि विशेष योगदान हुनेछ, स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधानमा पनि अग्रणी भूमिकामा रहेर काम गर्नेछौँ ।’

उनले यहाँ रहेको जनता बहुमुखी क्याम्पसको स्तरोन्नति सँगै ज्योति मावि र रक्तमाला विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गर्नका लागि आफूले विशेष पहल गर्ने बताए ।

यस्तै, खेलकुद क्षेत्रको विकासका निम्ति र यहाँका युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि आफूले काम गर्ने उनको दाबी छ । यस्तै, खोला, पैनीको उचित व्यवस्थापन गर्नका निम्ति आफ्नो महत्वपूर्ण योजना रहेको उनले सुनाए ।

‘खोला पैनीको उचित व्यवस्थापन गर्ने, जनताबस्तीको उचित व्यवस्थापन गर्ने, हाटबजार व्यवस्थापन, फोहोरमैलाको व्यवस्थापन, ग्रामथानको प्रवद्र्वन जस्ता कुरालाई प्राथमिकतामा राखेर काम गर्नेछु,’ उनले भने, ‘एक टोल, एक पार्कको अवधारणालाई आत्मसाथ गर्दै पर्यटन क्षेत्रको पनि प्रवद्र्वन गरिनेछ ।’

उनले एक टोल, एक पार्कको अवधारणा ल्याइएका कारण यस क्षेत्रमा भएका पर्यटनका सम्भाव्यतालाई अध्ययन गरेर काम गर्ने प्रतिवद्वता व्यक्त गरे । यस्तै, पछिल्लो समय थारु समुदायको ग्रामथान पनि मासिइरहेकाले यसको प्रवद्र्वनका लागि आफूले विशेष काम गर्ने उनको दाबी छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा न्यौपानेको प्यानलमा महिला वडा सदस्यमा लक्ष्मी बस्नेत, दलित महिला सदस्यमा तारादेवी शंकर, खुल्ला सदस्यमा दीपक गौतम र खुल्ला सदस्यमा माओवादी केन्द्रका राजकुमार राई चुनावी मैदानमा छन् ।

यस्तो छ न्यौपानेको पृष्ठभूमि

२०३९ बैशाख ७ मोरङको इटहरामा जन्मिएका उनी ०४६ मा इटहरी आएका हुन् ।

जनता बहुमुखी क्याम्पस अध्ययन गरेका न्यौपाने विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्व छन् । मोरङमा जन्मिएपनि उनले बाल्यकाल भने ताप्लेजुङमा व्यतित गरे ।

बाल्यकालदेखि नै कांग्रेसमा आस्थावान उनी यसअघि कांग्रेसको क्षेत्रीय सदस्य समेत भइसेका छन् । लायन्स क्लब अफ इटहरी, सुनसरीका सचिव, कोषाध्यक्ष भइसकेका छन् ।

पचरुखी युवा क्लबका उपाध्यक्ष समेत रहेका न्यौपाने अन्य विभिन्न संघसंस्थामा आवद्व भएर काम गरिसकेका छन् ।

Tags: #स्थानीय तहजीवन न्यौपानेनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
FEATURE BREAKING

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

by रासस
साउन २८, २०८३
0

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- ‘सहकार्य महत्वपूर्ण रह्यो’

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.