रामधुनी : नेपाली कांग्रेस रामधुनीका मेयरका उमेद्धवार सुदीप अधिकारीले थारुप्रति अथाहा प्रेम रहेको बताएका छन् ।
विहीबार घरदैलो कार्यक्रममा उनले आफूले थारुहरूको जुठो खाएर हुर्केको बताउँदै उनीहरूसँग आफ्नो सामीप्यता रहेको बताए ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामधुनी नगरपालिकाका मेयरमा उम्मेदवार रहेका अधिकारीले आफू रामधुनीमा रहेका थारुहरूसँग सामीप्यता रहेको बताएका हुन् ।
थारुहरू सामाजिक तथा आर्थिक अवसरबाट अझैपनि बञ्चित रहेकाले उनीहरूको स्तरोन्नतिका निम्ति आफूले काम गर्ने उनको तर्क छ ।
थारुहरूको ग्राथानको संरक्षण आफ्नो पहिलो प्राथमिकता भएको भन्दै उनले थारु परिकार र संस्कृतिलाई आम्दानीसँग जोड्ने प्रतिवद्धता जनाए ।
रामधुनीको विकासमा आफू पहिल्यैदेखि गम्भीर भएको बताउँदै अघिल्लो नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिने उनको दाबी छ ।
घरदैलो अभियानको क्रममा देखिएका समस्याहरूलाई टिपोट गरेर सुरुमा अध्ययन गरिने र निर्वाचन पश्चात सोही विषयमा समस्या सामधान गर्ने गरी योजना बनाएर काम गर्ने प्रतिवद्धतासहित अभियान जारी राखेको अधिकारीले बताए ।














Discussion about this post