इटहरी : इटहरी उपमहानगरपालिकामा मतगणना आजबाट सुरु हुने भएको छ ।
शुक्रबार उपमहानगरका २० वटै मतदानस्थलबाट शिलबन्दी गरिएका मतपेटीका निर्वाचन अधिकृतको कार्यालय इटहरीको साँस्कृतिक भवनमा ल्याइएको छ ।
त्यसको सम्पूर्ण अभिलेख राख्ने कार्य राति अबेरसम्म भएको थियो ।
आज बिहान ८ बजे मतगणाका लागि सर्वदलीय बैठक राखिएको इटहरीको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहान ८ बजेको सर्वदलीय बैठकमा निर्वाचनमा सहभागी सबै दल तथा स्वतन्त्रका उम्मेदवारका प्रतिनिधिहरूलाई सहभागीताका लागि निर्वाचन अधिकृतको कार्यालय सूचना समेत जारी गरेको छ ।
आयोगमा अनुसार इटहरीमा ७०.४७ प्रतिशत मतदान भएको छ । इटहरीका १ लाख ४ हजार ६ सय २६ कुल मतदातामध्ये ७३ हजार ७ सय ३२ मत खसेको कार्यालयले जनाएको छ ।














Discussion about this post