इटहरी : सुनसरीमा नेपाली कांग्रेसले खाता खोलेको छ ।
सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकामा कांग्रेसको विजयी सुरुआत भएको हो । जिल्लाका १२ वटा पालिकामध्ये भोक्राहामा पहिलोपटक अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
जसमध्ये नेपाली कांग्रेसका अजमल अख्तर आजादले ४,६०६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उ
नका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३,१७१ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालय भोक्राहाका अनुसार उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सुनिता उराँवले ३,९७४ मत ल्याएर विजयी भएकी छिन् ।
उनकी निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीकी पुनम कुमारी मेहताले २,६१८ मत पाइन् ।
Discussion about this post