उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेका छन् ।
प्रधामन्त्री निवास बालुवाटार गएर उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई शुभकामना दिन पुन बालुवाटार गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ। यसका लागि प्रधानमन्त्री ओली आजै अस्पताल जाँदैछन्।
Discussion about this post