सरकारले मास्क महँगोमा बेचेको वा लुकाएको पाइएमा ११३७ नम्बरमा खबर गर्न आग्रह गरेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा मास्क नपाइने र पाइइ पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको हो। यो खबर आजको गोरखापत्रले छापेको छ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उजुरीका आधारमा सरकारले अनुगमन गरी दोषी पाइए ३ लाखसम्म जरिवाना तिराउने र मुद्दा चलाउने बताए।
Discussion about this post