इटहरी : सुनसरीको इटहरी चोकदेखि कोशी ब्यारेजसम्म सडकको क्षेत्राधिकार खाली गर्ने सडक डिभिजन कार्यालयले १५ दिने अल्टिमेटम दिएको छ ।
सडकको बीचबाट २५।२५ मिटर क्षेत्र भित्र बनाईएको संरचनाहरु १५ दिन भित्र हटाउन सडक डिभिजन बिराटनगरले अल्टिमेटम दिएको हो ।
सडक विस्तारको क्रममा इटहरी चो देखि कोशी ब्यारेजसम्म साढे ८२ क्लियर गर्ने अभियान सडक डिभिजनले थालेको हो । सडक क्लियर हुदाँ इटहरीकोे मुख्य चोकदेखि पश्चिम लाईनका धेरै घरहरु भत्कने छन् ।
त्यस्तै, रामधुनी नगरपालिकाको मुख्य बजारसँगै इनरुवाका हाईवेमा समेत सडक क्षेत्रधिकार भित्रका संरचना भत्काईने सडक डिभिजनले जनाएको छ।
पूर्व पश्चिम हाईवेलाई व्यवस्थित गर्ने सरकारले सडकलाई फराकिलो बनाउने नीति ल्याएको छ । सोहि अनुरुप इटहरी देखि कोशी ब्यारेज सम्मको हाईवे क्लियर गर्न सडक डिभिजन बिराटनगरले गत १३ गते नै सुचना प्रकाशित गरेको छ ।
१५ दिन भित्र सडक भित्र बनेको संरचना नहटाए कानुन अनुसार सडक डिभिजनले नै भत्काईदिने सुचनामा उल्लेख गरेको छ ।













Discussion about this post