ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ ।
मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा बिहान ९ बजे बाट सुरु भएको आगलागीले अहिले सम्म करीब ३५ वटा घर जलेको र नियन्त्रणमा नआव्को स्थानीयबासीले जनाएका छन् ।
दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ।
सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताए । आगो नियन्त्रण गर्न अहिले दमकलको प्रयोग गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।














Discussion about this post