ताप्लेजुङ : सानिमा मीडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीद्धारा ताप्लेजुङमा निर्माणाधिन मध्यतमोर जलविद्युत आयोजनाको सुरुङभित्र दुईजना मजदुरको मृत्यु भएको छ ।
सुरुङ खन्ने क्रममा ढुङ्गाले लागेर उनीहरुको मृत्यू भएको आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए । मृत्यु हुनेमा उदयपुर घरभएका २२ वर्षका अमर बिश्वकर्मा र भोजपुर घर भएका सन्तोष बानियाँ रहेका छन् ।
७३ मेगावाट क्षमताको यो आयोजना २०७४ सालवाट निर्माण सुरु भएको हो । २०७८ मा निर्माण सम्पन्न हुने आयोजनाको सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने हुन्छ ।














Discussion about this post