मोरङ : मोरङ सुन्दरहरैँचा नगरपालिका १० स्थितबाट लागूऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ वर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान १०, लुपिजेसिक थान ७, एभिल थान १३ र गाँजा २०० ग्राम फेला पारेको छ ।
प्रहरीले तामाङको घरमा लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने गरेको गोप्य सूचनाको आधारमा तामाङ सहित सोही स्थानका २० वर्षीय एलिस खड्का, १९ वर्षीय सरन मगर, २० वर्षीय राजेश मंग्राती र १८ वर्षीय संजीव मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।












Discussion about this post