इटहरी : पूर्वमा रहेर लामो समय अगाडिदेखि विभिन्न अस्पतालमा आबद्ध रहि प्रेसर तथा मुटुरोगको उपचार गर्दै आएका वरिष्ठ प्रेसर तथा मुटुरोग विशेषज्ञ डा. मनोज गोबिन्द लाखे इटहरीमा रहेको बेदान्त हस्पिटलमा सेवा दिने भएका छन् ।
हाल विराटनगरमा सेवा दिइरहेका उनले इटहरीको बेदान्त हस्पिटलमा दैनिक सेवा दिने भएका हुन् ।
बेदान्त हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले मुटुरोग सम्बन्धि गहिरो अनुभव बटुलेका लाखेले इटहरीमै सेवा दिने भएपछि यहाँका सेवाग्राहीले लाभ लिने विश्वास व्यक्त गरे ।
उनका अनुसार मुटुको भिडियो एक्स रे, इसिजि ल्याब गर्दा २० प्रतिशत छुट गरिनेछ ।
यी हुन् मुटुरोगका प्रमुख लक्षणहरु :
छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँ-स्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोस हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर, कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला ।
१. छातीको बीचको भाग दुख्नु
२. दम बढ्नु
३. खुट्टाहरु सुन्निनु
४. घाँटीको रक्तनली फुल्नु
५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु
६. औंलाका टुप्पा बाक्ला, चाक्ला हुनु
७. टाउको दुख्ने र चक्कर लाग्नु
८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु
९. कफमा रगत देखा पर्नु
१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु
११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रित रुपमा चल्नु
१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु
लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ ।
एक भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी संभावना हुन्छ । ।
उल्लेखित लक्षण हुन्ने बित्तिकै मुटुरोग हुन्छ भन्ने जरुरी छैन।
















Discussion about this post