इटहरी : इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र सचेतनाको अभियान सुरु गरेको छ । उपमहानगरले इटहरी अस्पतालमा हेल्प डेस्क संचालनमा ल्याइएको जानकारी दिइएको छ ।
एक पत्रकार सम्मेलन गरी उपप्रमुख लक्ष्मी गौतमले सरोकारवालाहरुसँग अभिमुखिकरण तथा समन्वयात्मक कार्यक्रमको आयोजना गरेकी थिईन् । वैठकमा प्रमुख द्धारिकलाल चौधरीले कोरोना विरुद्ध उपमहानगरले सुरु गरेको अभियानमा साथ दिन सवै सरोकारवाला पक्षलाई सचेत गराएका थिए ।
उपमहानगरले बिभिन्न सरकारी गैरसरकारी संस्था कार्यालयहरु, शैक्षिक संस्था लगायतमा सावुन पानी हात धुने कर्नर स्थापना गर्ने र सन्देशमुलक बोर्ड राख्ने निर्णय गरेको जनाएको छ । उपमहानगरले सामुदायिक बिद्यालयहरुमा सूचनामुलक वोर्ड र थर्मोमिटर समेत उपलब्ध गराउने भएको छ । विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुलाई सचेतना गराइने भएको छ । उद्योग वाणिज्य संघ लगायत सँगको सहकार्यमा सरकारी स्वास्थ्य सस्थामा विरामीका लागि निशुल्क मास्क गरिने भएको छ ।
इटहरी अस्पतालका डाक्टर मनिष शर्माले कोरोना संक्रमण, लक्षण, अपनाउनुपर्ने सावधानी लगायतका विषयमा सचेत गराएका थिए ।
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...














Discussion about this post