इटहरी : इटहरी बजारमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग कार्यालय विराटनगरले अनुगमन गरेको छ ।
बजारमा हुने कालोबजारी, गुणस्तरहीन वस्तु विक्री वितरण तथा म्याद गुज्रेका सामान विक्री हुनेतर्फ मध्यनजर गर्दै मंगलबार इटहरीका विभिन्न ठाउँमा रहेका किराना तथा होलसेल पसलहरुको अनुगमन गरिएको हो ।
उपभोक्ताले गुणस्तरहीन वस्तुको उपभोग गर्न नपरोस् भनेर अनुगमन गर्नुका साथै उपभोग्य वस्तु गुणस्तरहीन हुदाँ मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुदाँ अनुगमनलाई तीव्र पारिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
बजार अनुगमनका क्रममा वस्तुको मुल्य सूची नराखेको, लेवलिङ्ग नगरेको पाइएको छ भने अवैध रुपमा समान ल्याएर विक्री वितरण गरेको पनि पाइएको छ ।
भारतबाट अबैधरुपमा नेपाल भित्राइएका सामनहरु बिक्रीवितरण भइरहेको फेला परेको र सो कार्य गर्ने चारवटा पसललाई ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम कारबाही समेत गरिएको उनले बताए ।
जसमा नव दुर्गा सप्लायर्सलाई ५००० रुपैँया, बिँडी सप्लायर्स, भट्टराई स्टोर्स र राम किराना पसललाई १० र १० हजार रुपैँया जरिवाना गरिएको थियो ।
पछिल्लो समय विभागले बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ ।














Discussion about this post