बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने भएको छ ।
शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने कम्पनीले जनाएको छ । भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ ।
यद्यपि यो निर्णयले नेपाली नागरिकको आवतजावतमा भने असर नगर्ने भारतीय दूतावासले स्पष्ट पारेको छ ।
बुद्धले यसै अवधिमा बनारस उडान बन्द गर्ने निर्णय लिएको छ ।
यस रुटमा टिकट काटिसकेका व्यक्तिले टिकट सार्न वा फिर्ता गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।
Discussion about this post