इटहरी : होली पर्वलाई लक्षित गरेर प्रदेश १ को सुरक्षा व्यवस्था आज (आइतबार) बिहानैबाट कडा पारिएको छ ।
नेपालमा आज पहाडी र भोलि तराई क्षेत्रमा धुमधामसाथ होली मनाइँदै छ । होलीलाई मध्यनजर गर्दै प्रदेश १ भरीका १४ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार होली मनाउने नाममा कानुनविपरीत हुने सबै गतिविधीमाथि निगरानी बढाएर कडाई गरिएको छ । ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले होलीमा उसृङ्खल र अवाञ्छित गतिविधी गर्ने जोकोहीलाई पनि नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने बताए ।














Discussion about this post