धरान : बिगत एक दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशिल गायक तथा संगीतकार प्रमोद पोर्तेलको गीत माया म्यूजिक भिडियो रिलिज गरिएको छ ।
गीतकार समेत रहेका गायक पोर्तेलको दोस्रो एल्वम माया समावेश भएको यो गीतको म्यूजिक भिडियो धरानमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । गायक पोर्तेलकै अफिसिएल युट्युब च्यानलबाट म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको थियो ।
वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो।
कार्यक्रममा बिशेष अतिथिमा गायक एवं संगीतकार शिव लामिछाने, चर्चित गायक गंगा बरदान, विजयपुर मिडिया ग्रुपकी निर्देशक हिमाल राई, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, गायक रोहित मास्के, गायक मनोज मोते, गायक डिल्ली फोम्बो, गीतकार भानु थापा मगर, बराह ग्रुपका पीआरओ सुरेन्द्र संङ विश्वकर्मालगायतले भिडियो रिलिज गरेका थिए ।

गीतमा पोर्तेलकै शब्द र संगीत रहेको छ भने हिना मल्ल बराइलीले फिमेल भोकलमा साथ दिएकी छिन् ।
सुल्तान फिल्म पोड्रक्सनको संचालक समेत रहेका निर्देशक ईधिङ्गो हाल युकेमा रहेर फिल्म अध्ययन गरिरहेका छन् भने नेपाली फिल्म, म्यूजिक भिडियो निर्माणमा ब्यस्त छन् । गीतको म्युजिक एरेन्ज डानिएल गदालले गरेका छन् ।
अडियो मिक्सिङ रविन छेत्री, म्युजिक प्रोडक्सन जुदाह प्लाउज स्टुडियोले गरेको छ । गीतको भ्वाईस टेक अपार रेकर्डस धरानमा गरिएको हो ।














Discussion about this post