ताप्लेजुङ : ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका ४ डुम्रिसेस्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।
सोमबार राती १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।
दुर्घटनाबाट ट्रिपरका सहचालक लमजुङ दोर्दी ६ बस्ने १८ वर्षीय कृष्ण बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक सिन्धुली कमलमाई ४ बस्ने २४ वर्षीय याम कुमार बिक र ताप्लेजुङ पाथीभरा याङबरक २ थेचम्बु बस्ने २० वर्षीय मन्दिप लिम्बु घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।














Discussion about this post