भ्रमणमा आएका आयरल्याण्डका प्रधानमन्त्री लियो भारड्करसँग हाइटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘नमस्कार’गरे । र, भने ‘कोरोना भाइरस प्रभावित यस बेला यो जरुरी पनि छ ।’
भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यतिबेला विश्वब्यापी बनेको छ । राष्ट्रपति ट्रम्प गत महीना भारत भ्रमणमा आउँदा भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो ।
ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर ‘नमस्ते’ गरे । तर त्यसबेला सम्म भारतमा कोरोना भाइरसको संक्रमण फैलिसकेको थिएन । जब विश्वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि धमाधम ‘नमस्ते’ गर्न थाले । अन्ततः विश्वभर नमस्ते कल्चर नै फैलियो ।
हाल विश्वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट
Discussion about this post