बजारमा मास्कको अभाव भएपछि दाङमा अल्लोको मास्क बनाउन थालिएको छ ।
घोराहीमा रहेको दाङ कोसेली घरले अल्लोको पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको हो ।
कोसेली घरमा अल्लोबाट विभिन्न सामग्रीहरु उत्पादन हुँदै आएकोमा कोरोनाको त्रास बढेर बजारमा मास्कको अभाव भएपछि अल्लोको मास्क बनाउन थालेको सञ्चालक प्रेमकुमारी पुनले बताइन् ।
अल्लोको मास्क बजारमा बिक्री सुरु भइसकेको छ । यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी लामो समयसम्म प्रयोग गर्न सकिने उत्पादकहरुले बताएका छन् ।
Discussion about this post