इटहरी : चैत्र मसान्तदेखि तराईमा हुने एक महिने सिरुवा मेला इटहरीमा प्रभावित बनेकोछ । यहाँ वैशाख ३ गते लाग्ने टेंग्रा मेलालाई भीड हुन नदिन इलाका प्रहरी कार्यालय इटहरीले कडाई गरेको छ ।
प्रहरीले मेलामा आएका भक्तजनहरूलाई कचना मन्दिर प्रवेशमा रोक लगाइएको छ भने मन्दिरको मुल गेटमा ताला लगाएको छ ।
मन्दिर परिसरमा ताला लगाएको कारण भक्तजनहरू पूजा सामाग्रीहरू बाहिरबाटै चढाएर फर्किएका थिए ।
सरकारले कोरोनाको जोखिम देखाउदै सिरूवा लगायत सभा सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न आदेश जारी गरेको छ ।



















Discussion about this post