Thursday, June 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

छालाको क्यान्सर भएका इटहरीका सुरजको चीत्कार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०७८
in विविध, समाचार
0
छालाको क्यान्सर भएका इटहरीका सुरजको चीत्कार
273
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा कठीन रुपमा गुज्रिररहेको छ दिनचर्या । इटहरी उपमहानगरपालिका वडा नं. ११ स्थित भागलपुरमा बसोबास गर्दै आएका २८ वर्षीय सुरज मगरको वेदना हो यो ।

सुरजकी श्रीमती चन्द्रकला मगरका अनुसार उनको शरीरमा सुरुमा सानो घाउको फोका निस्किएको र पछि त्यही घाउ ठूलो हुने, पाक्ने र शरीरभरी फैलिने गरेकाले अहिले छालाको क्यान्सर भएको हो ।

‘आर्थिक अवस्था कमजोर भएका कारण राम्ररी उपचार पनि गर्न पाइएन,’ उनले भनिन्, ‘केही समयअघि नोबेल अस्पतालमा दश दिनसम्म उपचार गरेर राखिएपनि स्वास्थ्यमा सुधार नहुँदा अहिले झनै समस्या थपिएको छ ।’

उपचार गरेपनि स्वास्थ्यमा सुधार नआउँदा आफूहरु विक्षिप्त बनेको उनको आँखामा झल्किन्थ्यो । अहिले कोरोना महामारीले औषधी उपचार समेत गर्न नपाउँदा स्वास्थ्य कमजोर बनेसँगै आर्थिक स्थिति पनि धराशयी बनेको उनले बताइन् ।

‘समयमै उपचार गर्न पाएको भए श्रीमानलाई बचाउन सकिन्छ कि भन्ने आशा थियो,’ उनले अगाडि थपिन्, ‘काखीमा सात महिनाकी छोरी र अर्की नौ वर्षकी छोरी छन्, यीनिहरुको पढाईमा पनि समस्या छ, आर्थिक अवस्था कमजोर भएकाले निकै गाह्रो स्थिति छ ।’

आर्थिक अवस्था कमजोर भएपछि स्थानीय र माइतीको शरणमा बस्नुपरेको उनको भनाइ थियो ।

स्थानीय सजना तामाङले मगर परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग जुटाइदिन अपिल गरेपनि हालसम्म कतैबाट सहयोग उपलब्ध नहुँदा समस्या थपिदैँ गएको बताइन् । उनले भनिन्, ‘हामी वडामा पनि सहयोगका लागि गएका थियौँ, तर उहाँहरुले मगर परिवारलाई यहाँको बासिन्दा नै होइन हामी केही सहयोग गर्न सक्दैनौ भन्नुभयो ।’

समस्या परेका बेला स्थानीय सरकार र अन्य सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनको तर्क थियो ।

यता, वडा सचिव रवि सुवेदीले भने पीडित परिवारले सहयोग मागेमा आफूले व्यक्तिगत रुपमै भएपनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शरीर स्वस्थ हुँदा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका मगर परिवारले अहिले एकातिर स्वास्थ्य अवस्था कमजोर र अर्कोतिर लकडाउनका कारण पीडामा रात काट्नुपरेको छ । यस्तो अवस्थामा स्थानीय सरकार र सरोकारवालाले आर्थिक एवम् मानवीय सहयोग गरेमा केही हदसम्म भएपनि पीडित परिवारको घाउमा मल्हमपट्टी हुने अनुमान गर्न सकिन्छ ।

Tags: #इटहरी#स्वास्थ्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा २०.१७ ग्राम...

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य
समाचार

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

धनकुटा : भारतीय नम्बरको कारमा नेपाली नम्बर प्लेट जडान गरी सञ्चालन गरिएको सवारी धनकुटाको भेडेटारमा प्रहरीले फेला पारेपछि जाली नम्बर...

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

असार ४, २०८३
विराटनगर आगलागीका पीडित परिवारलाई महानगरले राहत उपलब्ध गराउने

विराटनगरमा घर निर्माणमा कडाइ, नाला जाम र सडक क्षति रोक्न सात बुँदे मापदण्ड अनिवार्य

असार ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

असार ४, २०८३
नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

असार ४, २०८३

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    905 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    393 shares
    Share 157 Tweet 98
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.