ताप्लेजुङ : ताप्लेजुङ मेरिङदेन गाउँपालिका २ शान्थाक्रा का १३ वर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ ।
आज दिउँसो साढे २ बजे फुङलिङ नगरपालिका ७ स्थित सव-बेश निर्माणको लागि मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सनद्वारा भीर चट्टान फोर्ने कार्य भइरहेकोमा सोही बाटोको साइडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबू पासाङ छिरिङ शेर्पासँग ढुङ्गा ओसार्ने क्रममा माथिबाट ढुङ्गा झरेर किचेर बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।














Discussion about this post