इटहरी : कोरोनाको दोस्रो भेरियन्ट आइकन इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण नौ जनाको मृत्यु भएको छ ।
बुधबार (हिजो) एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या नौ पुगेको हो ।
बुधबार इटहरी ७ का ४१ वर्षीय पुरुष र इटहरी ९ का ७६ वर्षीय बृद्ध पुरुषको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले टाकुरालाई जानकारी दिए ।
उनका अनुसार इटहरी ७ का पुरुषको कोशी कोभिड अस्पतालमा मृत्यु भएको हो भने इटहरी ९ का बृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
उनका अनुसार हाल इटहरीमा कुल संक्रमितको संख्या ६८६ पुगेको छ । ती मध्ये हालसम्म १०६ जना निको भएका छन् ।
संक्रमितको दर दिनानुदिन बढ्दै गएकाले सेचत रहन अस्पतालले अपिल गरेको छ ।
यो पनि – इटहरी ९ का ७६ वर्षीय संक्रमित बृद्धको मृत्यु
यो पनि – सुनसरीमा माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्ने निर्णय
यो पनि – सुनसरी जिल्लाभर जेठ १५ गतेसम्म लकडाउन (सूचनासहित)
यो पनि – इटहरीमा निषेधाज्ञाको अवधि थपियो, औषधी पसल बाहेक सबै व्यापार बन्द (सूचनासहित)
यो पनि – इटहरी आउनेलाई बुढीखोला पुलमा कडाई, प्रवेशमा पूर्ण रोक (तस्वीरहरुसहित)
यो पनि – होटलको विषयमा सुनसरी प्रशासनले निर्णय सच्यायो (निर्णयसहित)
यो पनि – कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा सुनसरीसहित पूर्वका तीन जिल्ला (सूचीसहित)
यो पनि – सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय
यो पनि – इटहरीमा निषेधाज्ञा उल्लंघन गर्ने ४५ जना व्यवसायी नियन्त्रणमा












Discussion about this post