Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दिव्य रोशनीले बालआश्रमका बालबालिकाहरुसंँग वार्षिक उत्सव मनायो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०७८
in समाचार
0
दिव्य रोशनीले बालआश्रमका बालबालिकाहरुसंँग वार्षिक उत्सव मनायो
177
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानबाट श्रमजिवी पत्रकार महिलाद्धारा सम्पादित तथा प्रकाशित हुँदै आएको दिव्य रोशनी साप्ताहिकले १७ औं वर्ष प्रवेशको अवसरमा आफ्नो वार्षिक उत्सव बालआश्रमका बालबालिकाहरुसंँग मनाएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण लकडाउन भएको बेला दिव्य रोशनी साप्ताहिक पत्रिकाले सामाजिक सुरक्षालाई ध्यानमा राख्दै आज विहिवार बालआश्रममा आफ्नो १७ औं स्थापना दिवस मनाएको हो

कार्यक्रममा पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङले अहिले विश्व नै कोरोना भाईरसको संक्रमणले गर्दा लक डाउनको अवस्थामा रहेको बेला धरान ३ स्थित सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई बिहानको खाना खुवाई वार्षिकउत्सव मनाएको बताईन्। सम्पादक चाम्लिङले सहयोगीदाताहरुबाट संचालन हुँदैआएको बालआश्रमलाई लक डाउनको बेला झनै सबैले सहयोग गर्नुपर्ने बताईन्। बाल आश्रममा २९ जना बालबालिकाहरु आश्रीत रहेका छन्। उनिहरु नर्सरीदेखी बिबिएस सम्म अध्ययनरत छन्।

सम्पादक चाम्लिङले पत्रिकाले वर्षभरी कमाएको आम्दामीको केही हिस्सा सामाजिक कार्यमा पनि लगानी गर्नु पर्दछ भन्ने मान्यता अनुरुप दिव्य रोशनीले हरेक वर्ष समाजिक कार्यलाई संँगसंँगै अगाडी बढाएको बताईन्।
यसैगरी आश्रमका अध्यक्ष दान बहादुर राईले लक डाउनको समयमा पनि यस पत्रिकाले सम्झेर आश्रमका बालबालिकाहरु प्रति गरेको सहयोगको प्रशंसा गरे। उनले सबैको सहयोगले नै आश्रम चलिरहेको बताउँदै आश्रमलाई सहयोगी दाताहरुको सदैव खाँचो पर्ने बताए।

यसैगरी दिव्य रोशनी अनलाईन संस्करणको पहिलो वार्षिकउत्सवको अवसरमा कोरोना महामारीको अवस्थामा अग्रभागमा रही रिपोर्टिङ गर्ने धरानका संचारकर्मीहरुलाई के एन ९५ मास्क समेत वितरण गरेको छ। दिव्य रोशनीका प्रबन्ध निर्देशक सागर सिंजालीले कोरोना महामारीका बेला जनतालाई सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुको स्वास्थ्यमा सहजताका लागि भरपर्दो के एन ९५ मास्क वितरण गरिएको बताए।

गतवर्ष दिव्य रोशनीले कोरोनाको महामारीमा धरान उप–महानगरपालिकाद्धारा स्थापित फुड बैंकमा ४ सय केजी चामल र १० केजी न्युटेला प्रदान गरेको थियोभने आफ्ना चारजना कर्मचारी तथा सहयोगीलाई खाद्यान्न समेत प्रदान गरेको थियो।

विगतका वर्षहरुमा दिव्य रोशनी साप्ताहिकले पत्रिकाको स्थापना दिवस भव्य रुपमा मनाउँदै आएको थियो। पत्रिकाको वार्षिकउत्सवमा धरानलाई कार्यक्षेत्र बनाई कार्यरत संचारकर्मीहरुलाई पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङका दिवंगत बुवा ब्रिटिश क्वीन गोर्खा ईञ्जिनियरिङ सार्जन्ट स्व प्रभुराम राईको स्मृतिमा २ जना पत्रकारलाई प्रदान गरिंदै आएको जनही पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाँ सहितको सामाजिक पत्रकारिता सम्मान र सम्पादक चाम्लिङका दिवंगत कान्छा दाजु स्व बाजुन राईको स्मृतिमा प्रदान गरिंदै आएको युवा सृजनशिल पत्रकारिता सम्मान ५ हजार ५ सय ५५ रुपैयाँको राशीबाट १ जनालाई सम्मान गर्दै आईरहेको छभने हरेकवर्ष २ जना समाजसेवीलाई अभिनन्दन समेत गर्दै आएको पत्रिकाका सम्पादक चाम्लिङले बताईन्।

दिव्य रोशनीले धरानलाई कार्यक्षेत्र बनाउँदै आएका पत्रकारहरु भवानी बराल, गोपाल देवान, महेश श्रेष्ठ, गिरीराज आचार्य, हर्ष सुब्बा, केशव घिमिरे, जनकऋषी राई, रोहित राई, रणध्वज लोहार, दिनेश विश्वकर्मा, गोविन्द बस्नेत, गमबहादुर लम्जेल, भरतराज शर्मा, रत्न प्रसाद आचार्य, तारा लामगादे, गंगा बराल, सिता मादेम्बा, निलिफा सुब्बा, सुम्निमा चाम्लिङ, रिता मोक्तान, लक्ष्मी दर्नाल, जमुना श्रेष्ठ सम्मानित भईसकेका छन्।

उनीहरुलाई सम्पादक चाम्लिङका स्व बुवा र स्व कान्छा दाजुको नाममा स्थापना गरिएको सम्मानद्वारा सम्मानित गरिएको थियोे।
यसैगरी समाजका अगुवा व्यक्तित्वहरु शरला कायस्थ, किशोर कुमार कार्की, जय श्रेष्ठ “शान्ति”, भिष्मा चेम्जोङ, हर्षु राई, पूर्ण बहादुर गुरुङ, अकल बहादुर मेन्याङ्वो, मिना पुलामी, विद्या शाक्य, राजिव हलवाई, मधु स्थापित र सबिता राईलाई अभिनन्दन समेत गरिसकेको सम्पादक चाम्लिङले बताईन्।

Tags: #धरानपत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    969 shares
    Share 388 Tweet 242
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.