मोरङ : विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र र विराट मेडिकल शिक्षण अस्पतालमा गरी सोमबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर–१८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए । संक्रमण पुष्टि भएपछि वैशाख २४ गते उपचारका लागि भर्ना भएका उनको सोमबार मृत्यु भएको हो ।
यसैगरि , विराटनगर महानगर–४ का ४५ वर्षीय पुरुष, सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय पुरुष, उदयपुरको कटारी नगरपालिका ४ का ७४ वर्षीय पुरुष, सप्तरीको कञ्चनरूप नगरपालिकाका ६५ वर्षीय पुरुष र कञ्चनरूप–९ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताएका छन् ।














Discussion about this post