इटहरी : इटहरी उपमहानगरपालिकामा थप ७८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीमा सोमबार राति थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वैशाख ३१ गते गरिएको पीसीआर परीक्षणमा २५ जना, जेठ १ गते गरिएको परीक्षणमा १४ जना, जेठ ३ गते गरिएको परीक्षणमा ९ जनामा पोजेटिभ रिपोर्ट आएको धमलाले जानकारी दिए ।
त्यस्तै, जेठ १ र २ गते स्वयम् परीक्षण गराउनेहरुमध्ये थप ३० जनामा संक्रमण पुष्टि भएको उनले बताए । यो सँगै इटहरीमा कुल संक्रमितको संख्या ११०० पुगेको छ भने हालसम्म २६६ जना निको भएका छन् ।
त्यस्तै, १४ जनाको कोरोनाका कारण मृत्यु भएको धमलाले बताए ।














Discussion about this post