धरान : धरानको वडा नं ४ स्थित वैदाम खोपमा एक युवाको शव फेला परेको छ । स्थानीय एक महिलाले सुँगुरलाई चारो खोज्न जाने क्रममा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शव करिब २५ देखि ३० बर्ष उमेरका युवाको भएको प्रहरीको भनाइ छ ।
शव धेरै दिनअघिको भएको हुनाले चिन्न नसकिने अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।शव भेटिएको स्थानमा अस्थायी प्रहरी चौकी पत्रांगबारीको टोली गइसकेको छ ।
चौकीका अनुसार शवको अनुहार कुहिसकेको हुनाले पहिचान खुल्न नसकेको बताएको छ । उक्त शव धरान १४ विजयपुर र धरान ५ झोडापाटाबाट हराएको व्यक्तिको हुनसक्ने भएकोले पहिचानको लागि आफन्तजन आइरहेको प्रहरीले बताएको छ ।














Discussion about this post