इटहरी : नेपालमा थप ८,३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ भने ६,५४३ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै हाल संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।
संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।
उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post