मोरङ : महामारीको समयमा विरामीलाई अत्यधिक महंगोमा औषधी बिक्री गरि कालोबजारी गरेको आरोपमा एक फार्मेसी सञ्चालकलाइ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका ७ घर भई हाल विराटनगर ३ विराट अस्पताल नजिक पश्चिमबासी फार्मेसी सञ्चालक २२ बर्षीय रविन्द्र महतोलाई प्रहरीले प्रकाउ गरेको हो ।
उनले सिरहा बरियारपट्टी गाउँपालिका ३ का ४५ बर्षीय रामनारायण मुखियालाई औषधी बिक्री गर्दा वास्तविक मुल्यभन्दा बढी लिएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार पीडित मुखियाले महतोको फार्मेसीबाट बैशाख २५ गतेदेखि ३० गतेसम्म औषधी खरिद गरेका थिए । महतोले औषधी बिक्री गर्दा २ वटा खाता बनाएर एउटा खातामा औषधीको वास्ताविक मुल्य लेख्ने र अर्को खातामा बढी मुल्य लेख्ने साथै बढी मुल्यको खाता ग्राहकलाई देखाएर बढी मुल्य लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले महतोलाई उनकै फार्मेसीबाट पक्राउ गरि कालोबजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post