बराहक्षेत्र : नेपाली कांग्रेस बराहक्षेत्रको टोली पौष्टिक तत्व बोकेर संक्रमितलाई भेट्न आइसोलेसन पुगेको छ । यसअगाडि गत सोमबार पनि सोही टोली आइसोलेसनमा पुगेर संक्रमितको स्वास्थ्य अवस्था बारे जानकारी लिएको थियो ।
संक्रमितको घरै पुगेर सेनिटाइज र पौष्टिकयुक्त समाग्री वितरण गर्दै आएको टोलीले वराहक्षेत्र ७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसमा नगरपालिकाले तयार पारेको आइसोलेसनमा पुगेर १२ जना संक्रमितहरुलाई पौष्टिक तत्व तथा स्वास्थ्य सामाग्री वितरण गरिएको संयोजक रमेश कार्कीले बताए ।
कोरोना नियन्त्रण गर्न नेपाली कांग्रेस बराहक्षेत्रका नेताहरु व्यवस्थापन तथा परिचालन समिति नै गठन गरेर लागि परेका छन् । नगरभित्रका स्वास्थ्य संस्था , प्रहरी कार्यलय, सार्वजनिक स्थान लगायत ६ दिनमा १ सय भन्दा बढी संक्रमितको घरमै पुगेर सेनिटाइज समेत गरेको र यो अभियान निरन्तर चल्ने अभियानका सदस्य सन्तकुमार राईले बताए ।
गरीब, बिपन्न, मजदुर, जेष्ठ नागरिक लक्षित अभियानअन्तरगत एम्बुलेन्स आवश्यक परेमा संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन समेत गर्न सकिनेछ ।
बराहक्षेत्रमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या सातजना पुगेको छ भने १ सय ९६ जना संक्रमित रहेका छन् । ती मध्ये ४१ जनाले कोरोना जितेका छन् ।












Discussion about this post