धरान / धरानकी एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
धरान १५ का ८२ वर्षीय वृद्धको आज बिहान साढे ११ बजे मृत्यु भएको सहप्रवक्ता डा. चुडामणि पोखरेलले पुष्टि गरे । उनका अनुसार मृतक उच्च रक्तचापका विरामी थिए । उनलाई जेठ ४ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।















Discussion about this post