इटहरी : लागूऔषधसहित इटहरीकी एक महिला पक्राउ परेकी छिन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा इटहरी १ की ४१ वर्षीया रेखा न्यौपाने रहेकी छिन् ।
उनलाई मोरङ विराटनगर १७ मटेरुवा चौकबाट लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले न्यौपानेले बोकेको झोलाबाट लागूऔषध DIALEX-DC ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS – ४३२ चक्की सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पश्चात उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post